इंग्ल्यान्ड र पाकिस्तानबीचको टेस्टको निर्णायक दिन आज

एजेन्सीः घरेलु टोली इंग्ल्यान्ड र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम टेस्टको मंगलबार पाँचौं दिन। साउथह्याम्प्टनस्थित रोज बाउल स्टेडियममा इंग्ल्याण्डविरुद्धको निर्णायक टेष्ट बराबरी गर्ने दाउका साथ पाकिस्तानले आज ब्याटिङ गर्दैछ।

चौथो दिन सोमबार वर्षाले खेल प्रभावित बन्यो। र, ५६ ओभरको खेल मात्र सम्भव भयो। त्यसमा फलो अन गरेको पाकिस्तानले दुई विकेट गुमाएर १०० रन बनाएको छ।

पाहुना टिम अझै २ सय १० रनले पछाडि छ। अजहर अली २९ र बाबर आजम ४ रन बनाएर खेलिरहेका छन्। यसअघि सन मसुदले १८ र अबिद अलिले ४२ रनको योगदान दिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

इंग्लिस बलरमध्ये जेम्स एन्डरसनले अबिदलाई एलबीडब्लू आउट पारे। यससँगै टेस्ट क्रिकेटमा उनको ५ सय ९९ विकेट पुगेको छ। अब पाँचौं तथा अन्तिम दिन इंग्ल्यान्डले जितका लागि प्रयास गर्नेछ।

यस्तै एन्डरसन पनि ऐतिहासिक ६ सय विकेटका लागि प्रयारसत रहनेछन्। तर, मंगलबार पनि साउथह्याम्पटनमा पानी पर्ने सम्भावना बताइएको छ। इंग्ल्यान्डले आफ्नो पहिलो इनिङ्स आठ विकेट गुमाएर ५ सय ८३ रनमा सकिएको घोषणा गरेको थियो।

दुई टिमबीचको यस टेस्ट निर्णायक टेस्टको रुपमा रहेको छ। तीन खेलको सिरिजमा इंग्ल्याण्ड १–० ले अगाडि छ। यसअघि पहिलो टेस्टमा इंग्ल्यान्ड विजयी भएको थियो भने वर्षाले प्रभावित दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। त्यसैले तेस्रो टेस्ट जिते इंग्ल्याण्डले सिरिज जित्नेछ। पाकिस्तान विजयी भए सिरिज बराबरीमा सकिनेछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker