टेस्ट क्रिकेटमा एन्डरसनको ६०० विकेट पूरा

एजेन्सीः इंग्ल्यान्डका तीव्र गतिका बलर एन्डरसनले टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरेका छन्।

घरेलु भूमिमा पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्टको पाँचौ दिन मंगलबार अजहर अलीलाई आउट गर्दै एन्डरसनले टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गरेका हुन्। टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन्।

६ सय विकेट पूरा गर्ने ३८ वर्षीय एन्डरसन इंग्ल्याण्डको पहिलो बलरसमेत हुन्। इंग्ल्याण्डबाट ६ सय विकेट पूरा गर्ने कीर्तिमान बनाएका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

एन्डरसनले १७ वर्षअघि जिम्बावेविरुद्धको खेलमा पहिलो टेस्ट विकेट लिएका थिए। उनले २००३ मा टेस्ट टिममा डेब्यु गरेका थिए।

यस्तै टेस्टमा यो कोशेढुंगा पूरा गर्ने एन्डरसन चौथो बलर हुन्। यसअघि मुथैया मुरलीधरन, शेन वार्न र अनिल कुम्बलेले ६ सय विकेटको कोशेढुंगा पार गरिसकेका छन्।

एन्डरसनले इङ्ल्याण्डका लागि १ सय ५६ टेस्ट खेल खेलेका छन्। उनले टेस्ट क्रिकेटको एकै पारिमा २९ पटक ५ विकेट लिएका छन्।

यसबाहेक ३ टेस्ट खेलमा १० विकेट लिएका छन्। उनको सर्वश्रेष्ठ बलिङ प्रदर्शन वेष्ट इण्डिजविरुद्ध ४२ रनमा ७ विकेटको रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker