पाकिस्तानविरुद्ध इंग्ल्यान्डले १० वर्षपछि जित्यो टेस्ट सिरिज

एजेन्सीः इंग्ल्यान्ड र पाकिस्तानबीचको अन्तिम तथा तेस्रो टेस्ट बराबरीमा टुंगिएको छ। साउथह्याम्पटनको द रोज बलमा टेस्टको अन्तिम दिन पाकिस्तानले दोस्रो इनिङ्समा ४ विकेट गुमाएर १ सय ८७ रन बनाएरपछि खेल बराबरीमा सकिएको हो।

अन्तिम टेस्ट बराबरीमा सकिएपनि तीन खेलको सिरिज घरेलु टोली इंग्ल्यान्डले १–० ले जितेको छ। यससँगै इंग्ल्यान्डले पाकिस्तनविरुद्ध १० वर्षयता पहिलोपटक टेस्ट श्रृंखला जित्न सफल भएको हो।

पहिलो टेस्ट इंग्ल्यान्डले जितेको थियो भने दोस्रो टेस्ट बराबरीमा सकिएको थियो। इंग्ल्यान्डविरुद्ध फलो अनमा परेको पाकिस्तानलाई बाबर आजमले अर्धशतकीय इनिङ्स खेल्दै हारबाट जोगाए। दोस्रो इनिङ्समा आजमले अविजित रहँदै ६३ रन बनाए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यस्तै अबिद अलीले ४२ रन बनाउदा अजहर अलीले ३१ रन जोडे। इंग्ल्यान्डका जेम्स एन्डरसनले २ विकेट लिए। यससँगै उनले टेस्ट क्रिकेटमा ६०० विकेट पूरा गरे।

टेस्ट क्रिकेटमा ६ सय विकेट पूरा गर्ने एन्डरसन पहिलो फास्ट बलर हुन्। टेस्टमा यो कोशेढुंगा पुरा गर्ने एन्डरसन चौथो बलर हुन्।

पहिलो इनिङ्समा २ सय ७३ रन जोड्दा अल आउट भएपछि पाकिस्तान फलो अनमा परेको थियो। अजहर अलीले अविजित रहँदै १ सय ४१ रनको शतकीय इनिङ्स खेलेपनि इंग्ल्यान्डले पाकिस्तानलाई फलो अनमा पठाएको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ८ विकेटको क्षतिमा ५ सय ८३ रन जोड्दै इनिङ्स समाप्तिको घोषणा गरेको थियो।

ब्याट्सम्यान ज्याक क्रोलीले दोहोरो शतक बनाएपछि इंग्ल्यान्डले उच्च स्कोर बनाएको थियो। क्रोलीले २ सय ६७ रनको दोहोरो शतकीय इनिङ्स खेले। टेस्टमा क्रोलीको यो पहिलो दोहोरो शतक हो।

यस्तै जोस बट्लरले १ सय ५२ रनको शतकीय इनिङ्स खेलेका थिए। त्यसबाहेक इंग्ल्यान्डका क्रिस वोक्सले ४० रन जोड्दा डम बेस २७ रनमा अविजित रहे। कप्तान जोय रुट २९ तथा डम सिब्ली २२ रनमा आउट भएका थिए। पाकिस्तानका यासिर शाह, शहिन अफ्रिदी र फावद आलमले २–२ विकेट लिएका थिए।

कोरोना महामारीका बीच सुरु भएको टेस्ट क्रिकेटमा इंग्ल्यान्डले लगातार दोस्रो टेस्ट श्रृंखला जितेको छ। यसअघि घरेलु टोली इंग्ल्यान्डले वेस्ट इण्डिजविरुद्धको टेस्ट पनि जितेको थियो।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker