ओली चार महिना मैदान बाहिर रहने, यस्तो छ कारण

एजेन्सीः इंग्ल्याण्डका युवा ब्याट्सम्यान ओली पोप चार महिना मैदान बाहिर रहने भएका छन्। पाकिस्तानविरुद्धको अन्तिम तथा तेस्रो टेस्ट दौरान चोट बोकेका ब्याट्सम्यान पोप लामो समय मैदान बाहिर रहने भएका हुन्।

२२ वर्षीय ब्याट्सम्यानले बाँया काँधमा चोट लागेको छ। पाकिस्तानसँगको टेस्टको चौंथो दिन फिल्डिङ गर्ने क्रममा डाइभ गर्दा उनको काँधमा चोट लागेको थियो।

पोपको चोटको आगामी साता शल्यक्रिया गरिने भएको छ। पोपले सन् २०१९ मा पनि त्यहीँ काँधको चोट बोकेका थिए। सन् २०२१ को सुरुवातमा भारत र श्रीलंकाविरुद्धको सिरिजसम्ममा पोप ठीक भइसक्ने जनाइएको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उनले घरेलु प्रतियोगितासमेत गुमाउने छन्। सर्रेबाट घरेलु प्रतियोगिता खेल्ने पोपले बब विलिस ट्रफी र भिटालिटी ब्लास्ट गुमाउने छन्। पोपले इंग्ल्यान्डका लागि १३ टेस्ट खेलिसकेका छन्। जसमा उनले ६४५ रन बनाएका छन्। उक्त रन जोड्दा उनले एक शतक र पाँच अर्धशतक हिर्काएका छन्।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker