यी हुन् आइपीएलमा सबैभन्दा बढी ‘म्यान अफ द म्याच’ हुने ४ क्रिकेटर

काठमाडौं: कोरोना महामारीका कारण आसन्न आइपीएल यूएईमा हुँदैछ। १९ सेप्टेम्बरदेखि सुरु हुने आइपीएलको उद्घाटन म्याचमा गत संस्करण विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किंग्स खेल्ने छन्।

आइपीएल नजिकिएसँगै ८ वटै टिम कडा अभ्यास थालेका छन्। उद्घाटन म्याचमा ४ पटकको आइपीएल च्याम्पियन मुम्बई र ३ पटक उपाधि जित्न सफल सीएसकेबीचको खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।

आइपीएल सुरुनुअघि विभिन्न र्चाा सुरु भएका छन्। यसैबीच आज हालसम्म आइपीएलमा सबैभन्दा बढी म्यान अफ द म्याच हुने ४ खेलाडीको चर्चा गर्दैछौँ:

१. क्रिस गेल
यो सूचीको पहिलो नम्बरमा खतरनाक ब्याट्म्यान क्रिस गेलको नाम आउँछ । गेलले आइपीएलमा कयौँ कीर्तिमान आफ्नो नाममा गरेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आइपीएल इतिहासमै सबैभन्दा बढी म्यान अफ द म्याच हुने खेलाडी गेल नै हुन्। अहिलेसम्म उनी २१ पटक म्यान अफ द म्याच चुनिएका छन्।

उनी आइपीएल इतिहासमै सबैभन्दा बढी म्याच अफ द म्याच हुने पहिलो खेलाडी हुन्।आइपीएलमा सबैभन्दा बढी छक्का र सबैभन्दा छिटो शतक बनाउने खेलाडी पनि गेल नै हुन्।

त्यस्तै, आइपीएल इतिहासमा सबैभन्दा ठूलो स्कोर पनि गेलकै नाममा छ । उनको नाममा आइपीएलमा हरेक कीर्तिमान रहेका छ।

२. एबि डिबिलियर्स
यो सूचीको दोस्रो स्थानमा ब्याट्म्यान एबि डिबिलियर्सको नाम आउँछ। डिबिलियर्स आइपीएलका महान् खेलाडीमध्ये एक हुन्। उनी २० पटक आइपीएलमा म्यान अफ द म्याच चुनिएका छन्।

डिबिलियर्सले आजसम्म १ सय ५४ आइपीएल म्याच खेलेका छन्। उनी आइपीएल इतिहासमै सबैभन्दा बढी म्यान अफ द म्याच हुने दोस्रो खेलाडी हुन्।

३. डेविड वार्नर
यो सूचीको तेस्रो स्थानमा डेविड वार्नरको नाम आउँछ। सनराइजर्स हैदरावादका कप्तान डेविड वार्नरले आजसम्म कुल १ सय २६ आइपीएल म्याच खेलेका छन्।

त्यस्तै, उनी आइपीएलमा १७ पटक म्यान अफ द म्याच चुनिएका छन्।

उनी आइपीएल इतिहासकै सबैभन्दा बढी म्यान अफ द म्याच चुनिने खेलाडीको सूचीको तेस्रो नम्बरमा पर्दछन्। हरेक आइपीएल सिजनमा वार्नरको ब्याटमा फ्यान एकदमै भर पर्दछन्।

४. रोहित शर्मा
यो सूचीको चौथो स्थानमा मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माको नाम आउँछ। आइपीएल इतिहासमा सबैभन्दा बढी म्यान अफ द म्याच हुने खेलाडीको सूचीको रोहित चौथो स्थानमा पर्दछन्।

उनले आजसम्म कुल १ सय ८८ आइपीएल म्याच खेलेका छन्। त्यस्तै, उनी १७ पटक म्यान अफ द म्याच चुनिएका छन्।

रोहितले मुम्बई इण्डियन्सलाई ४ पटक आइपीएल च्याम्पियन्स बनाइ सकेका छन्। उनी आइपीएलका सबैभन्दा सफल कप्तान हुन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker