नेपाली टिमको मुख्य प्रशिक्षकका लागि पुबुदुले पनि दिए आवेदन !

काठमाडौं: पूर्व प्रशिक्षक पुबुदु दसानायकेले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकका लागि आवेदन दिएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आह्वान गरेको मुख्य प्रशिक्षकमा पुबुदुको पनि आवेदन परेको हो। क्यानले मुख्य प्रशिक्षकसहित जनरल म्यानेजर, क्रिकेट म्यानेजर, फाइनान्स म्यानेजरका लागि गरेको आवेदनको समय गएराति सकिएको छ।

टिमको मुख्य प्रशिक्षकका लागि भारतका साथै अरु देशबाट पनि राम्रा प्रशिक्षकले पनि आवेदन दिएका छन्। पूर्व प्रशिक्षक पुबुदुले पनि आवेदन दिएको क्यान स्रोतले जनाएको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यसका साथै भारतबाट पनि राम्रो कहलिएका प्रशिक्षकले आवेदन दिएको बुझिएको छ। क्यानले अब केही दिनमा सबै आवेदनको सर्टलिष्ट गरेर उनीहरुलाई अन्तरवार्ताका लागि ब्यवस्था मिलाउने भएको छ। त्यो अन्तरवार्ता कस्तो हुने भन्नेमा भने एकिन हुन सकेको छैन।

को हुन् दशानायके?
श्रीलङ्कामा जन्मेका क्यानडाली नागरिक ५० वर्षीय दशानायके सन् २०११ देखि चार वर्ष नेपालको प्रशिक्षक थिए।

सन् २०११ मा क्यानडालाई विश्वकपसम्म पु¥याएका उनको प्रशिक्षणमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट ऐतिहासिक उपलब्धिहरू प्राप्त गरेको थियो। उनको आगमनसँगै नेपाली खेलाडीहरूले पनि नयाँ शैलीमा क्रिकेट खेल्न थालेको बताइन्छ।

उनी अगाडि लामो समय प्रशिक्षक रहेका रोय डायसले खेलको परम्परागत तरिकामा रहेका खेलाइ रहेको थिए तर उनले खेलाडीहरूलाई खुलेर खेल्न र प्रतिभा अनुसार खेल्न मद्दत गरेका थिए।

उनको प्रशिक्षणमा नेपालले विश्व क्रिकेट लिग डिभिजन ४ र डिभिजन ३ को उपाधि जित्दै डिभिजन २ सम्मको पुगेको थियो। उनकै नेतृत्वमा नेपालले सन् २०१४ को टी–२० विश्वकप खेलेको थियो, जहाँ नेपालले हङकङ र अफगानिस्तानलाई पराजित गरेको थियो।

त्यसपछि नेपालले टी–२० राष्ट्रको मान्यता पाएको थियो। सबैभन्दा चर्चित नेपाली खेलाडी सन्दीप लामिछाने दशानायकेकै खोज हुन्। तर, उनको कार्यकालमा नेपाल क्रिकेट सङ्घ भने अस्थिर रुपमा चलिरहेको थियो।

तत्कालीन क्रिकेट सङ्घमा बढेको विवादका कारण दशानायकेको करार थपिने समय गुज्रिने भएपछि कप्तान पारस खड्का सहितका खेलाडीहरुले उनी नभए राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका थिए।

त्यसपछि नेपाल सरकारले नै तलब ब्यहोर्ने गरी उनलाई नेपाली क्रिकेटको मुख्य प्रशिक्षकको रुपमा नियुक्त गरेको थियो। यद्यपी नेपाली क्रिकेटको नेतृत्व विवाद सुल्झिने छाँटकाँट नदेखिएपछि उनले सन् २०१५ मा नेपाल छोडेका थिए। नेपाल छोडेपछि उनले अमेरिकाको प्रशिक्षक बने र चार वर्ष अमेरिकालाई एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता दिलाए। त्यसपछि उनले त्यहाँबाट राजीनामा गरेका थिए।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker