दिल्लीविरुद्ध मलिंगालाई पछि पार्दै चावलाले बनाए नयाँ रेकर्ड

काठमाडौं : चेन्नई सुपर किंग्स (सीएसके)बाट आइपीएल खेलिरहेका पियूष चावलाले शुक्रबार नयाँ उपलब्धि हासिल गरेका छन् ।
चावलाले आइपीएलमा दिल्ली क्यापिटल्सविरुद्ध सर्वाधिक विकेट लिने दोस्रो बलरको उपलब्धि हासिल गरेका हुन् ।
उनले शुक्रबार दिल्लीविरुद्ध दुई विकेट लिएसँगै यो उपलब्धि हासिल गर्न सफल भए । योसँगै चावलाले मुम्बई इण्डियन्सबाट आइपीएल खेल्ने लसिथ मलिंगालाई पछि पारेका छन् ।
हालसम्म दिल्लीविरुद्ध मलिंगाले २२ विकेट लिएका थिए ।
चावलालाई शुक्रबार दुई सफलता मिलेपछि उनले दिल्लीविरुद्ध कूल २३ विकेट लिएका छन् ।
क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
यो सूचीको शीर्ष स्थानमा भने हररभजन सिंहको नाममा छ । उनले दिल्लीविरुद्ध सर्वाधिक २४ विकेट लिएका छन् ।
रविचन्द्रन आश्विनले दिल्लीविरुद्ध २० विकेट लिएका छन् । यद्यपि आश्विन जारी सिजनमा दिल्लीबाटै आइपीएल खेल्दै छन् ।
One Comment