सन्दीपआवद्ध दिल्ली आइपीएलको शीर्ष स्थानमा, यस्तो छ अरू टिमको स्थान (सूचीसहित)

काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आइपीएल) का लगातार दुई खेलमा जित हासिल गर्दै दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

गएराति चेन्नई सुपर किंग्स (सीएसके)लाई ४४ रनले हराउँदै दिल्ली तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। दिल्लीले २ खेलला जित हासिल गर्दा चार अंक जोडेको छ।

 

तालिकाको दोस्रो स्थानमा किंग्स इलावेन पञ्जाब, तेस्रोमा मुम्बई इण्डियन्स, चौथोमा राजस्थान रोयल्स, पाँचौमा चेन्नई सुपर किंग्स (सीएसके), छैठौँमा रोयल च्यालेन्जर्स बैंंग्लोर (आरसीबी) छ। यी पाँच टिमले समान २ अंक जोडेको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

दिल्लीको जितसँगै यस्तो बन्यो अंक तालिका:

काेलकाता नाइट राइडर्स (केकेआर) र सनराइजर्स हैदरावाले भने एकएक म्याच खेल्दा अंक जोड्न सकेका छैनन् । यी दुई टिमले दोस्रो म्याचमा आज एकअर्काविरुद्ध प्रतिस्पर्धा गर्दैछन् ।

हैदरावाद र केकेआरबीचको म्याच नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि सुरु हुनेछ । पछिल्ला पाँच म्याचमा केकेआरविरुद्ध हैदरावाद तीन खेलमा विजयी भएको छ ।

केकेआरको सम्भावित प्लेइङ-११:
सुनील नारायण, शुभमान गिल, दिनेश कार्तिक (कप्तान), नीतीश राणा, इयोन मोर्गन, आन्द्रे रसल, निखिल नाईक/राहुल त्रिपाठी, प्याट कमिन्स, कुलदीप यादव, शिवम मावी र सन्दीप वारियर ।

हैदरावादको सम्भावित प्लेइङ-११:
जोनी बेयरस्टो (विकेटकीपर), डेविड वार्नर (कप्तान), मनीष पाण्डे, प्रियाम गर्ग, केन विलियमसन/मोहम्मद नाबी, विजय शंकर, अभिषेक शर्मा, राशीद खान, भुवनेश्वर कुमार, टी नटराजन/खलील अहमद र सन्दीप शर्मा ।

Show More

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker