कप्तान टेलरले विराटभन्दा अगाडि बनाइन् यस्तो नयाँ कीर्तिमान!

काठमाडौं: वेष्ट इण्डिज महिला क्रिकेट टिमकी कप्तान स्टाफनी टेलरले अन्तर्राष्ट्रिय टी-२० मा ३ हजार रन पूरा गरेकी छन्। बुधबार इंग्ल्याण्डविरुद्ध २८ रन बनाएसँगै उनले टी-२० मा ३ हजार रन पूरा गरेकी हुन्।

टेलरले यो उपलब्धि हासिल गर्न १०६ म्याच खेलेकी छन्। जसमा उनले २१ अर्धशतक बनाएकी छन्। उनी टी-२० मा वेष्ट इण्डिजका लागि ३ हजार रन बनाउने पहिलो क्रिकेटर बनेकी छन्।

उनी टी-२० मा वेष्ट इण्डिजका लागि पुरुष र महिला क्रिकेटरमै सर्वाधिक रन बनाउने खेलाडी हुन्। टेलरपछि वेष्ट इण्डिजका लागि क्रिस गेलले टी-२० मा १ हजार ६ सय २७ रन बनाएका छन्।

 

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

पुरुषतर्फ टी-२० मा सर्वाधिक रन बनाउने भारतीय टिमका कप्तान विराट कोहलीले पनि हालसम्म ३ हजार रन पूरा गर्न सकेका छैनन्। उनले अहिलेसम्म २ हजार ७ सय ९४ रन बनाएका छन्।

टेलर वेष्ट इण्डिज टिमकी अलराउन्डर हुन्। उनले टी-२० मा ९३ विकेट लिइसकेकी छन्। महिला क्रिकेटरमा टी-२० मा सर्वाधिक रन बनाउने कीर्तिमान इंग्ल्याण्ड टिमकी सुजी बेट्सको नाममा छ। उनले ११९ म्याचमा ३ हजार २४३ रन बनाएकी छन्।

Show More

Related Articles

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker