आईपीएल २०२०: यस सिजन आईपीएलमा बेन स्टोक्स खेल्ने सम्भावना कति छ ? इंग्ल्यान्ड को पुर्व खेलाडीले दिए ठूलो बयान !

स्टोक्सको परिवार न्युजरल्याण्डमा बस्छन् र आफ्नो बुबाको खराब स्वास्थ्यको कारण आफ्नो परिवारसँग छन्। उनी पाकिस्तान बिरूद्ध टेस्ट सीरिजको बीच बाटै  न्युजरल्याण्ड गएका थिए ।

इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले गत बर्ष राजस्थान रोयल्सका लागि महत्वपूर्ण भूमिका खेलेका थिए। २०१८ मा स्टोक्सलाई उनको टोलीमा राजस्थानले १२.५ करोडको भारी बोलीसहित समावेश गरेको थियो। स्टोक्स बाट यस वर्ष पनि त्यस्तै प्रदर्शन गर्ने अपेक्षा गरिएको थियो तर अहिलेसम्म उनी आफ्नो टोलीमा सामेल भएका छैनन्।

स्टोक्सको परिवार न्युजरल्याण्डमा बस्छन् र आफ्नो बुबाको खराब स्वास्थ्यको कारण आफ्नो परिवारसँग छन्। उनी पाकिस्तान बिरूद्ध टेस्ट सीरिजको बीच बाटै  न्युजरल्याण्ड गएका थिए ।

यो पनि पढ्नुहोला : आइपीएल २०२० : पूर्व भारतीय क्रिकेटरले गरे विराटमाथि हमला, कप्तानीमाथि उठाए यस्तो प्रश्न!

केही समय अगाडि एक रिपोर्ट आएको थियो कि स्टोक्स अक्टोबरको पहिलो हप्तामा उनको टोलीमा सामेल हुन सक्छन। यस रिपोर्टको माध्यमबाट राजस्थानका फ्यानहरूको अनुहारमा खुशी छाएको थियो, तर अब इंग्ल्यान्डका पूर्व स्पिनर मोन्टी पेनेसर ले भनेका छन कि यस वर्ष उसले आईपीएल खेल्ने सम्भावना बिरलै छ।

टाइम्स अफ इण्डियासँग कुरा गर्दा मोन्टी पेनेसरले भने,”बेन स्टोक्सको अवस्था यो हो कि उनको बुबाको अवस्था ठीक छैन। यसै कारण उनी न्युजरल्याण्डमा हुनेछन् र मलाई शंका छ कि उनी यस बर्ष आईपीएल खेल्ने को लागि सायदै आउनेछन।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यो पनि पढ्नुहोला : आइपीएल २०२० : सर्वाधिक छक्का प्रहार गर्ने १० क्रिकेटर

यस समयमा पेनेसरले स्टोक्सलाई क्रिकेटको सुपरम्यान पनि भने र उनले यो वर्ष राजस्थान रोयल्समा सम्मिलित भएमा उनको टीमले ठूलो फाइदा उठाउने बताए ।

उनले अगाडि भने “उनी धेरै प्रभावशाली खेलाडी का साथै उनी एक अलराउन्ड परफर्मर पनि हुन्। जसलाई सुपरम्यान अफ क्रिकेट भनिन्छ। मलाई लाग्छ कि आईपीएलमा उसको उपस्थितिले ठूलो असर पार्नेछ।”

यो पनि पढ्नुहोला :

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker