कप्तान रोहितले तोडे शिखर धवनको कीर्तिमान

काठमाडौं: मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले इण्डियन प्रिमियर लिग (आइपीएल)मा नयाँ उपलब्धि हासिल गरेका छन्।

आइपीएलमा सर्वाधिक अर्धशतक बनाउने क्रममा तेस्रो स्थानमा उक्लिँदै उनले नयाँ उपलब्धि हासिल गरेका हुन्।

बिहीबार किंग्स इलावेन पञ्जाबविरुद्ध ७० रनको उत्कृष्ट पारी खेल्दै रोहितले यो उपलब्धि हासिल गरे। आइपीएलमा उनको यो ३८ औँ अर्धशतक हो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

योसँगै उनले दिल्ली क्यापिटल्सबाट आइपीएल खेलिरहेका शिखर धवनको कीर्तिमान तोडेका छन्। धवनले हालसम्म आईपीएलमा ३७ अर्धशतक बनाएका छन्।

त्यस्तै, रोहितले सुरेश रैनाको कीर्तिमान बराबर बनाए। रैनाले पनि हालसम्म आईपीएलमा ३८ अर्धशतक बनाएका छन्।

यो सूचीको शीर्ष स्थानमा भने सनराइजर्स हैदराबादका कप्तान डेविड वार्नर छन्। उनले हालसम्म आईपीएलमा विभिन्न टिमबाट खेल्दै ४४ अर्धशतक बनाएका छन्।

आइपीएलमा रोहितको ५ हजार रन पूरा
मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले आइपीएलमा ५ हजार रन पूरा गरेका छन्। बिहीबार पञ्जाबविरुद्ध ७० रन बनाएसँगै उनले आइपीएलमा ५ हजार रन पूरा गरेका हुन्।

रोहित आइपीएलमा ५ हजार रन बनाउने तेस्रो खेलाडी हुन्। यसअघि आइपीएलमा विराट कोहली र सुरेश रैनाले ५ हजार रन पूरा गरिसकेका छन्।

आज पञ्जाबविरुद्ध मोहम्मद शामीको बलमा चौका प्रहार गर्दै रोहितले आइपीएलमा ५ हजार रन पूरा गरे। उनले १ सय ९२ म्याच खेल्दै ५ हजार रन पूरा गर्न सफल भए । रोहितले ५ हजार रन पूरा गर्दा एक शतक र ३७ अर्धशतक बनाए।

यसअघि विराटले १७८ खेलमा ३७.६८ को औसतमा ५ हजार ४२६ रन बनाएका छन् । रैनाले १९३ खेलमा ३३.३४ को औसतमा ५ हजार ३६८ रन रनाएका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker