मुम्बईसँग दिल्ली हार्नुको यस्तो रहेछ कारण !

काठमाडौं: १३ औँ सिजनको आईपीएल अन्तर्गत गएराति सम्पन्न मुम्बई विरुद्धको खेलमा दिल्ली क्यापिटल्स ५ विकेटले पराजित भएको छ।

अबुधाबीको शेख जायद क्रिकेट स्टेडियममा भएको २७औँ म्याचमा शीर्ष स्थानमा रहेको दिल्ली मुम्बईसँग पराजित हुँदै दोस्रो स्थानमा पनि खस्किएको छ।

खेल सकिएपछि दिल्लीका कप्तान श्रेयस अय्यरले मुम्बईसँग हार्नुको कारण बताएका छन्। उनले आफूहरूले १०/१५ रन बढी नबनाउँदा पराजय ब्यहोरेको बताए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

‘हामीले १०/१५ रन बढी बनाउनुपथ्र्यो । मलाई लाग्छ १ सय ७५ सम्मको लक्ष्य ठीक हुन्थ्यो। मार्कस स्टोइनिस जब हाउट भए त्यसपछि टिमलाई घाटा लाग्यो,’ कप्तान अय्यरले भने।

उनले खराब फिल्डिङका कारण पनि टिमले पराजय ब्यहोरेको बताए। कप्तान अय्यरले भने, ‘हामी फिल्डिङमा पनि अलि चुक्यौँ, जसको फाइदा मुम्बईलाई मिल्यो। यस्ता कमजोरी आगामी दिनमा सुधार गर्दै जानुपर्छ।’

शीर्ष स्थानमा उक्लियो मुम्बई
दिल्ली क्यापिटल्सविरुद्ध मुम्बई इण्डियन्स ५ विकेटले विजयी भएको छ। दिल्लीले दिएको १ सय ६३ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो।

उसका लागि सूर्यकुमार यादव, क्विन्टन डिककले ५३/५३, इशान किसनले २८, किरण पोलार्डले अविजित ११, कृणाल पाण्ड्याले नटआउट ९ र कप्तान रोहित शर्माले ५ रन बनाए।

बलिङमा दिल्ली क्यापिटल्सका कागिसो रबाडाले २, अक्क्षर पटेल र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ६२ रन बनायो। उसका लागि शिखर धवनले अविजित ६९, कप्तान श्रेयस अय्यरले ४२, आजिक्य रहाणेले १५, मार्कस स्टोइनिसले १३ रन बनाए।

बलिङमा मुम्बई इण्डियन्सका कुणाल पाण्ड्याले २ र ट्रेन्ट बोल्टले एक विकेट लिए। मुम्बईका स्टार बलर जसप्रीत बुमराहले भने विकेट लिन असफल भए। उनले दिल्लीविरुद्ध आफ्नो चार ओभरमा विनाविकेट २६ रन खर्चिए।

यो जितसँगै मुम्बई शीर्ष स्थानमा उक्लिएको छ । उसले सात म्याच खेल्दा ५ मा जित र २ खेलमा हारको सामना गरेको छ । मुम्बई नेट रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो।

दिल्लीले पनि सात म्याचमध्ये ५ मा जित र २ खेलमा हारको सामना गरेको छ। उसले पनि तालिकामा १० अंक जोडेको छ। मुम्बईसँगको हारसँगै दिल्ली शीर्षबाट दोस्रो स्थानमा खस्किएको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker