आइपीएल २०२० : ट्रान्सफर विन्डोमा इमरानसहित यी ५ खेलाडी प्राथमिकतामा

काठमाडौं: आइपीएल २०२० को मिड सिजन पूरा भएसँगै खेलाडीले क्लब बदल्न पाउने ट्रान्सफर विन्डो खुला गरिएको छ। मंगलबारदेखि ५ दिनसम्मका लागि ट्रान्सफर विन्डो खुलाइएको हो।

विन्डो खुलाइएको पहिलो दिन कुनै पनि टीमले खेलाडी ट्रान्सफरका लागि आग्रह गरेका छैनन्‌। नियमअनुसार फ्रेन्चाइज टीमले आफ्ना खेलाडीहरूलाई लोनमा अर्को फ्रेन्चाइजमा स्थानतरण गर्न पाउने छन्।

ट्रान्सफर हुन चाहने खेलाडीले अहिलेसम्म भएका ७ खेलमा केवल २ या सो भन्दा कम खेल खेलेका हुनुपर्नेछ। ट्रान्सफर विन्डोका समयमा यी खेलाडी अर्को क्लबमा जान सक्छन्‌। ट्रान्सफर विन्डोका समयमा यी खेलाडी अर्को क्लबमा जान सक्छन्‌।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

क्रिस लिन (मुम्बईबाट राजस्थान): रोहित र डिककका कारण लिनले मुम्बईमा मौका पाइरहेका छैनन्। तर राजस्थान बटलरको जोडीका रुपमा उनलाई टीममा ल्याउन चाहन्छ।

​इमरान ताहिर (चेन्नइबाट कोलकाता): सुनिल नारायणको एक्शन शंकास्पद भएसँगै कोलकाता एक अनुभवी स्पीनरको खोजीमा छ। कारणबस नारायण खेल्न नपाएमा त्यसको परिपूर्ती ताहिरले गर्नेमा कोलकाता विश्वस्त छ।

मोइन अली (बैंगलोरबाट चेन्नई) : चेन्नईको मध्यक्रममा विस्फोटक ब्याट्सम्यानको कमी छ। टीम मोइन अलीमार्फत उक्त अभाव पुरा गर्न चाहन्छ। जसले ठूला सटहरू खेल्न सक्छन्।

कुल्टर नाइल (मुम्बईबाट पन्जाब) : पन्जाबले मोहम्मद समी बाहेक राम्रो बलर भेट्न सकिरहेको छैन। अन्य बलरहरूको प्रदर्शन उत्कृष्ट नहुँदा टीमले ठूलो स्कोर बनाएरपनि जित निकाल्न सकेको छैन। त्यसैले पन्जाबले कुल्टर नाइललाई आफ्नो टीममा सहभागि गराउने संभावना बलियो छ।

मयंक मारकन्डे (राजस्थानबाट दिल्ली): दिल्ली यो पटक उच्च फर्ममा छ। त्यसका बाबजुत भारतीय लेग स्पिनर अमित मिश्रा टीमबाट बाहिर भएसँगै दिल्लीलाई एक भारतीय स्पीनरको जरुरी छ। उसँग सन्दीप लामिछाने भएपनि विदेशी कोटामा अन्य खेलाडीको प्रदर्शन उत्कृष्ट रहेकाले मंयक एक राम्रो विकल्प बन्न सक्छन्।

क्याप्ड खेलाडीको ट्रान्सफर संभावना कमजोर
जारी सिजनमा मुम्बईका १३, दिल्लीका ९, कोलकाताका १०, बैंगलोरका ११, पन्जाब १३, राजस्थान ११ र चेन्नई १० हैदरावाद १३ गरी कुल ९० खेलाडी ट्रान्सफरका लागि योग्य रहेका छन्।

जसमा गेल, रहाणे,ताहिर, मोइन अली, लिन तथा स्टेन जस्ता बलिया नामहरू समेत रहेका छन्। यद्यपि, पहिलो दिन कुनैपनि फ्रेन्चाइजले ट्रान्सफरका लागि आग्रह गरेका छैनन्।

लिग अझै पूर्णरुपमा खुला नै भएकाले ठुला खेलाडीहरूलाई ट्रान्सफर गर्न क्लबहरू हिच्किचाइरहेका छन्। लिलामीका दौरान क्लबहरूले सुझबुझपूर्ण तरिकाले खेलाडी खरिद गर्ने भएकाले हतपत क्लबले खेलाडी रिलिज गर्ने संभावना कमजोर हुने विश्लेषकहरू बताउँछन्‌।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker