राजस्थानमाथि दिल्लीको शानदार जित, फेरि शीर्ष स्थानमा उक्लियो

काठमाडौं: यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)अन्तर्गत राजस्थान रोयल्सविरुद्ध दिल्ली क्यापिटल्स १३ रनले विजयी भएको छ ।

दिल्लीको यो छैठौँ जित हो । उसले ८ म्याच खेल्दा ६ मा जित र दुई खेलमा मात्र हारको सामना गरेको छ ।

आज दुबई क्रिकेट मैदानमा दिल्लीले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उसका लागि बेन स्टोक्सले ४१, रोबिन उथप्पाले ३२, सञ्जु सामसनले २५, जोस बटलरले २२ र राहुल तेवटियाले अविजित १४ रन बनाए ।

बलिङमा दिल्लीका एनरिक नोर्खिया, तुषार देशपाण्डेले २/२, कागिसो रबाडा, अक्क्षर पटेल र रविचन्द्रन आश्विनले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६१ रन बनायो ।

उसका लागि शिखर धवनले ५७, कप्तान श्रेयस अय्यरले ५३, मार्कस स्टोइनिसले १८ र एलेक्स क्यारीले १४ रन बनाए ।

बलिङमा राजस्थानका जोफ्रा आर्चरले ३, जयदेव उनादकटले २, श्रेयस गोपाल र कार्तिक त्यागीले एकरएक विकेट लिए ।

आजको जितसँगै दिल्ली शीर्ष स्थानमा उक्लिएको छ । दिल्ली १२ अंकका साथ शीर्ष स्थानमा उक्लिएको हो ।

आठौँ म्याचमा पनि बेन्चमै सन्दीप
राजस्थानविरुद्ध पनि दिल्लीमा आवद्ध नेपाली लेगस्पिनर सन्दीप लामिछानेले मौका पाउन असफल भए । योसहित उनी लगातार आठौँ म्याचमा पनि प्लेइङ(११ मा मौका पाउन असफल भएका हुन् ।

आज पनि दिल्लीले मार्कस स्टोइनिस, कागिसो रबाडा, एनरिक नोर्खिया र एलेक्स क्यारीलाई अन्तिम-११ मा मौका दियो ।

राजस्थानविरुद्ध दिल्लीले एक खेलाडी परिवर्तन गरेको थियो। उसले हर्षल पटेलको स्थानमा तुषार देशपाण्डेलाई मौका दिएको थियो ।

Show More

Related Articles

One Comment

  1. Pingback: » Onlycricnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker