गुगलको गम्भीर त्रुटि : भन्छ– ‘सचिनकी छोरी सारा शुभमन गिलकी पत्नी’!

काठमाडौंः इन्डियन प्रिमियर लिगमा कोलकाता नाइट राइडर्सका लागि खेल्ने युवा ब्याट्सम्यान शुभमन गिलले राम्रो प्रदर्शन गरेका छन्। उनी एक उत्कृष्ट युवा ब्याट्सम्यानमा मनिन्छन्।

युवराज सिंहले विशेष गरी शुभमनको प्रशंसा गरेका छन्। उनले गिललाई भविष्यको स्टारको रूपमा वर्णन गरेका छन्। पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकरकी छोरी सारा शुभमननको साथी छिन्।

बिहीबार गिल चर्चामा आएका छन्। उनी चर्चामा आउनुको कारण उनको उत्कृष्ट इनिङ्स थिएन। तर, गुगलको त्रुटिले उनी चर्चामा आएका छन्। सारा तेन्दुलकर र शुमन धेरै राम्रा साथी हुन्। सारा युवा ब्याट्सम्यानको इनिङ्सको प्रशंसा गर्छिन्। गिल पनि उनको प्रशंसाको जवाफ दिँदै आएका छन्।

शुभमानको श्रीमती सारा!
इन्टरनेटको दुनियामा धेरै नराम्रा कुरा देखिन्छन् र सुन्न पनि पाइन्छ। यसैक्रममा बिहीबा पनि यस्तै देखियो। सारा भारतका महान क्रिकेटर सचिन रमेश तेन्दुलकरकी छोरी हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

गुगलले सारालाई युवा क्रिकेटर शुभमान गिलको पत्नी भनेको छ। गुगलमा शुभमन गिलकी पत्नी खोजी गरेपछि सारा तेन्दुलकरको नाम आउँछ।

केही दिनअघि बलिउड अभिनेत्री अनुष्का शर्माको पनि यस्तै भएको थियो। गुगल खोज्दा भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीकी पत्नी शर्मालाई अफगानिस्तानका स्पिनर राशिद खानकी पत्नी देखाइएको थियो। राशिद हाल आइपीएलमा सनराइजर्स हैदराबादका लागि खेलिरहेका छन्।

कोलकाताका लागि सर्वाधिक रन
इन्डियन प्रिमियर लिगको १३औं सत्रमा गिलले कोलकाताका लागि राम्रो प्रदर्शन गरेका छन्।

उनले अहिलेसम्म खेलेका ७ खेलमा २ अर्धशतकसहित २५४ रन बनाएका छन्। उनी यस सिजनमा कोलकाताका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker