केकेआरको कप्तान परिवर्तन

काठमाडौंः कोलकाता नाइट राइडसका कप्तान दिनेश कार्तिकले ‘कप्तानी’ छाडेका छन्। अब विश्वकप विजेता कप्तान इयोन मोर्गनले कोलकाताको ‘कप्तानी’ गर्ने भएका छन्।

आइपीएल २०२० मा सात खेल पछि कार्तिकले मोर्गनलाई कप्तानी हस्तान्तरण गरेका हुन्। कोलकताले शुक्रबार कप्तान कार्तिकले टिमको कप्तानी छाडेको जनाएको छ। विकेटकिपर ब्याट्सम्यान दिनेशले आफूलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताए।

‘हामी भाग्यशाली छौं कि दिनेश जस्ता टिममा छन् जसले टीमलाई सधै पहिले राख्छन्,’ नाइट राइडर्सका सीईओ भेन्की मैसूरले भने, ‘उहाँ जस्तो व्यक्तिले यस्तो निर्णय लिन धेरै साहस चाहिन्छ। जब हामी उहाँको निर्णयबाट छक्क परेका छौँं, हामी उहाँको चाहनाको सम्मान गर्दछौं। हामी भाग्यशाली पनि छौं। किनकि २०१२ विश्वकप विजेता कप्तान इयोन मोर्गन, जो कप्तान बनेका छन्, अगाडि बढ्नको लागि नेतृत्व गर्न इच्छुक छन्।’

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

युएईमा जारी १३औं संस्करणको आइपीएलमा कोलकता तालिकाको चौंथो स्थानमा रहेको छ। कार्तिकको नेतृत्वमा केकेआरले अहिलेसम्म ७ खेलमा ८ अंक जोडेको छ।

२०१९ मा इंग्ल्याण्डलाई आफ्नो कप्तानीमा एकदिवसीय जिताएका मोर्गनलाई नाइट राइडर्सले डिसेम्बर २०१९ को लिलामीमा ५.२५ करोडमा किनेका थियो।

जारी लिगमा नाइट राइडर्सका लागि सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा दोस्रो स्थानमा छन्। उनले ३५ को औसतमा १७५ रन बनाएका छन। कार्तिकले १५.४२ को औसतमा १०८ रन बनाएका छन्। आज पौने आठ बजे कोलकाता मुम्बईसँग खेल्दैछ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker