आइपीएल : दिनेशसहित यी हुन् बीचैमा ‘कप्तानी’ छाड्ने कप्तान

काठमाडौंः इन्डियन प्रिमियर लिग आइपीएल २०२० को बीचमा कोलकाता नाइट राइडसका कप्तान दिनेश कार्तिकले ‘कप्तानी’ छाडेका छन्। अब विश्वकप विजेता कप्तान इयोन मोर्गनले कोलकाताको ‘कप्तानी’ गर्ने भएका छन्।

आइपीएल २०२० मा सात खेल पछि कार्तिकले मोर्गनलाई कप्तानी हस्तान्तरण गरेका हुन्। कोलकताले शुक्रबार कप्तान कार्तिकले टिमको कप्तानी छाडेको जनाएको छ। विकेटकिपर ब्याट्सम्यान दिनेशले आफूलाई ब्याटिङमा केन्द्रित गर्न कप्तानी छाडेको बताए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

कार्तिक आईपीएलको इतिहासमा पहिलो कप्तान होइनन्, जसले सिजनको मध्यमा कप्तानी छोडे। यसभन्दा पहिले धेरै दिग्गज खेलाडीहरूले पनि बीचैमा कप्तानी छाडेका छन्।

२०१८ मा दिल्ली क्यापिटल्स राम्रो प्रदर्शन गरिरहेका थिएनन्। गौतम गम्भीरले आफ्नो कप्तानी बीचैमा छाडे। श्रेयस अय्यरलाई टिमको कप्तान बनाइयो।

२०१५ आइपीएल सिजनमा अष्ट्रेलियाका पूर्वअलराउन्डर शेन वाटसन राजस्थान टिमका कप्तान थिए। उनले पनि अचानक एउटा ठूलो निर्णय गर्दै टिमको कप्तानी छोडिदि। त्यसपछि स्टिव स्मिथले टिमको कप्तानी लिए।

२०१३ मा रिकी पोन्टिङ मुम्बई इन्डियन्सका कप्तान थिए। तर, उनले अचानक टिमको कप्तानी त्यागे। त्यसपछि मुम्बईले रोहित शर्मालाई कप्तान बनायो। रोहितको कप्तानीमा मुम्बई अहिलेसम्म चार पटक च्याम्पियन बनेको छ।

२०१२ सिजनमा मुम्बई इन्डियन्सको ‘कप्तानी’ सचिन तेन्दुलकरको हातमा थियो। त्यसपछि उनले ठूलो निर्णय गर्दै टोलीको कप्तान छाडे र त्यसपछि हरभजन सिंहलाई कप्तान बनाइएको थियो।

२०११ मा हरभजन सिंहको कप्तानीमा मुम्बई इन्डियन्सले च्याम्पियन्स लिगको उपाधि जित्यो। यसपछि २०१३ मा हरभजन सिंहको ठाउँमा मुम्बईको कप्तानी रिकी पोन्टिङलाई दिइयो। २०१३ मा डेनियल विट्टोरीले आरसीबीको कप्तानी छोडे।

उनले प्लेइङ इलावेनमा मुथ्थैया मुरलीधरननलाई स्थान दिन टिमबाट बाहिरिएका थिए। त्यहि समयमा विट्टोरीपछि आरसीबीको कप्तानी विराट कोहलीलाई हस्तान्तरण गरियो। त्यसबेलादेखि उनी निरन्तर यस टिमको नेतृत्व गरिरहेका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker