६ म्याच हारेको चेन्नई यसरी पुग्न सक्छ ‘प्लेअफ’ मा, यस्तो छ समीकरण

काठमाडौंः इन्डियन प्रिमियर लिग आइपीएको १३औं सिजनमा निराशाजनक खेल प्रदर्शन गरिरहेको चेन्नई सुपर किंग्स शनिबार दिल्ली क्यापिटल्ससँग पराजित भयो।
दिल्लीविरुद्धको खेलमा चेन्नईले १७९ रन बनाएको थियो। दिल्लीले १९.५ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो। यो प्रतियोगितामा चेन्नईको छैटौं हार हो। अब उसलाई प्लेअफमा पुग्न कठिन भएको छ।
चेन्नई टिमले अहिलेसम्म खेलेका ९ मध्ये ६ खेलमा हारको सामना गरेको छ। ३ खेल जितेको ६ अंक मात्र छ। दिल्लीविरुद्ध पराजित भएपनि प्लेअफमा स्थान बनाउन सक्छ।
सीएसकेले अब पाँच खेल खेल्न बाँकी छ। यदि उसले राम्रो प्रदर्शन गर्छ भने प्लेअफमा ठाउँ बनाउने अझैं सम्भावना छ।
प्लेअफ पुग्न समीकरण
चेन्नई टोलीले अब जम्मा पाँच खेल खेल्नुछ। जसमा उनले राजस्थान, मुम्बई, बेंग्लोर, कोलाता र पञ्जावविरुद्ध खेल्नुपर्नेछ। यदि उसले पाँचमध्ये चार खेल जित्यो भने प्लेअफमा पुग्न सक्छ।
सिएसके प्लेअफमा पुग्नको लागि कोलकाताले बाँकी चार खेल गुमाउनुपर्नेछ। साथै राजस्थान र हैदराबादले पनि दुई खेल हार्नुपर्नेछ।
अंक तालिका
दिल्ली टिम १४ अंकसहित शीर्षमा छ। उसले लगभग प्लेअफमा स्थान पक्का गरिसकेको छ।
मुम्बईको १२ अंक छ। बाँकी ६ मध्ये एक मात्र म्याज जिते पनि मुम्बई प्लेअफमा पुग्छ। तेस्रो स्थानमा रहेको बैंग्लोरको पनि १२ अंक छ। प्लेअफमा पुग्न उसलाई बाँकी पाँच खेलमा एक जित आवश्यक छ।
चौथो स्थानको लागि कोलकाता, हैदराबाद, चेन्नई, राजस्थान र पञ्जाबको टिमहरूबीच प्रतिस्पर्धा छ।
पञ्जाबका लागि यो सम्भव छैन। किनकि उसले ६ खेलमध्ये पाँच खेल जित्नुपर्नेछ। राजस्थान, कोलकाता, हैदराबाद र चेन्नईले १४ अंक हासिल गर्नको लागि ४ खेल जित्नुपर्ने हुन्छ।
