हैदराबादले टस जित्यो, केकेआरद्वारा २ खेलाडी परिवर्तन

काठमाडौं: यूएईमा जारी आईपीएलअन्तर्गत कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध सनराइजर्स हैदराबादले टस जितेर बलिङ रोजेको छ। यी दुई टिमबीचको म्याच ३ः४५ बजेदेखि अबुधाबीमा सुरु हुनेछ।

हैदराबादले आज प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ। उसले खलिल अहमदको स्थानमा बसिल थम्पीलाई मौका दिएको छ।

केकेआरले भने आज दुई खेलाडी परिवर्तन गरेको छ। उसले प्रसिद्ध कृष्णा र क्रिस ग्रीनलाई विश्राम दिँदै लकी फर्गुसन र कूलदीप यादवलाई मौका दिएको छ।

शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ता पाँचौ जितको खोजीमा हुनेछ। अघिल्ला ८ खेलमा ४ जितसहित ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

इयान मोर्गनको कप्तानीमा मैदान उत्रने कोलकत्ता हैदराबादलाई हराएर शीर्ष टोलिसँगको अंक दुरी घटाउन चाहन्छ। तर, डेभिड वार्नरको कप्तानीमा मैदान उत्रने हैदराबादविरुद्ध जित निकाल्न कोलकत्तालाई कठिन भने हुनेछ।

हैदराबाद पनि चौंथो जितको खोजीमा रहेको छ। हैदराबादले ८ खेलमा ६ अंक जोडेको छ र पाँचौ स्थानमा रहेको छ। कोलकत्तालाई हराएर हैदराबाद अंक तालिका सुधार गर्न चाहन्छ। यस्तै हैदराबाद कोलकत्तासँग पहिलो भेटमा व्यहोरेको हारको बदला लिन चाहन्छ। सिजनको पहिलो भेटमा कोलकत्ताले हैदराबादलाई ७ विकेटले हराएको थियो।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, लकी फर्ग्युसन, कुलदीप यादव, वरुण चक्रवर्ती र शिवम मावी ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनि बेयरिस्टो, मनीष पाण्डे, केन विलियम्सन, प्रियाम गर्ग, विजय शंकर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा, बसिल थम्पी र टी नटराजन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker