कोलकाताले दियो हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्य

काठमाडौं, २ कात्तिक : यूएईमा जारी इण्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादले १ सय ६४ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए ।

त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए । बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एक/एक विकेट लिए ।

हैदराबादले आज प्लेइङ ११ मा एक खेलाडी परिवर्तन गरेको छ। उसले खलिल अहमदको स्थानमा बसिल थम्पीलाई मौका दिएको छ।

केकेआरले भने आज दुई खेलाडी परिवर्तन गरेको छ। उसले प्रसिद्ध कृष्णा र क्रिस ग्रीनलाई विश्राम दिँदै लकी फर्गुसन र कूलदीप यादवलाई मौका दिएको छ।

केकेआरको प्लेइङ-११ : शुभमन गिल, राहुल त्रिपाठी, नितीश राणा, इयोन मोर्गन (कप्तान), आन्द्रे रसल, दिनेश कार्तिक, प्याट कमिन्स, लकी फर्ग्युसन, कुलदीप यादव, वरुण चक्रवर्ती र शिवम मावी ।

हैदराबादको प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनि बेयरिस्टो, मनीष पाण्डे, केन विलियम्सन, प्रियाम गर्ग, विजय शंकर, राशिद खान, शाहबाज नदीम, सन्दीप शर्मा, बसिल थम्पी र टी नटराजन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker