पन्जाबविरुद्ध मुम्बईले टस जित्याे, यी खेलाडीले पाए प्लेइङ ११ मा मौका

काठमाडौं: युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग ९आईपीएल अन्तरगत किंग्स इलाभेन पन्जाबविरुद्ध साविक विजेता मुम्बई इन्डियन्सले टस जितेर ब्याटिङ राजेको छ।

मुम्बई र पन्जाबबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ। मुम्बई इन्डियन र किंग्स इलाभेन पञ्जाब कुनै खेलाडी परिवर्तन बिना नै उत्रेका छन्।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बई सातौं जितको खोजीमा हुनेछ। अघिल्ला ८ खेलमा ६ जितसहित १२ अंक जोडेर मुम्बई दोस्रो स्थानमा रहेको छ ।

रोहित शर्माको कप्तानीमा मैदान उत्रने मुम्बई पन्जाबलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ । तर, केएल राहुलको कप्तानीमा मैदान उत्रने पन्जाबविरुद्ध जित निकाल्न मुम्बईलाई कठिन भने हुनेछ ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

पन्जाब पनि तेस्रो जितको रहेको छ । पन्जाब ८ खेलमा ४ अंक जोडेर पुछारमा रहेको छ । प्ले अफको सम्भावना जीवितै राख्न पन्जाबलाई जितको विकल्प छैन ।

यस्तै पन्जाब मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिन चाहन्छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

मुम्बईकाे प्लेइङ ११ः क्विन्टन डिकक (विकेटकीपर), रोहित शर्मा (कप्तान), सूर्यकुमार यादव, ईशान किशन, हार्दिक पांड्या, किरोन पोलार्ड, कृणाल पांड्या, नेथन कूल्टर नाइल, राहुल चहार, ट्रेन्ट बोल्ट र जसप्रीत बुमराह

पन्जाबकाेप्लेइङ ११ः केएल राहुल (कप्तान/विकेटकीपर), मयंक अग्रवाल, क्रिस गेल, निकोलस पूरन, ग्लेन म्याक्सवेल, दीपक हूडा, मुरुगन अश्विन, क्रिस जोर्डन, रवि बिश्नोई, मोहम्मद शमी र अर्शदीप सिंह।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker