टि-१० लिगको उपाधिको लागि आज डेक्कन ग्लाडिएटर्स र मरठा अरेबियन्स भिड्दै


युएईमा गत नोभेम्बर १५ तारीख देखि सुरु भएको सर्वाधिक छोटो फर्म्याटको क्रीकेट प्रतियोगिता टि-१० लिगको उपाधिको लागि आज डेक्कन ग्ल्याडिएटर्स र मरठा अरेबियन्स भिड्दैछन ।

प्रतियोगिताको फाईनल खेल नेपाली समय अनुसार आज राति ९:४५ बजे शेईख जयाद स्टेडियम अबुधाबिमा हुनेछ ।

डेक्कन ग्ल्याडिएटर्स दोस्रो क्वालिफायर खेलमा क्लन्दर्सलाई १३ रन र मरठा अरेबियन्स पहिलो क्वालिफायर खेलमा क्लन्दर्सलाई नै ७ रनले पराजित गर्दै फाईनल पुगेका थिए ।

फाईनल खेलमा डेक्कनको नेतृत्व शेन वाट्सनले गरेका छन भने मरठाको नेतृत्व ड्यान ब्र्याभुले गरेका छ्न ।

प्रतियोगितामा विभिन्न ८ टोलि सहभागी भएका थिए ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नेपाली खेलाडीहरु पारस खड्का र सन्दिप लामिछाने आबद्ध टिमहरु क्रमश: टिम अबुधाबी र कर्नाटका टस्कर्स प्रतियोगिताको दोस्रो चरण बाटै बाहिरिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker