‘सुपर ओभर’मा हैदराबादलाई कोलकाताले हरायो, जितका नायक बने फर्ग्युसन

काठमाडौं: यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ‘सुपर ओभर’मा विजयी भएको छ।

सुपर ओभरमा हैदराबादले दिएको ३ रनको लक्ष्य चौंथो बलमै पूरा गर्न सफल भयो। यसअघि केकेआरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो।

खेल सुपर ओभरमा गएपछि ब्याटिङ गर्न आएका हैदराबादले २ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा लकि फर्गुसनले २ विकेट लिएपछि हैदराबादले २ रन मात्र बनाउन सक्यो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यसअघि हैदराबादका लागि जोनि बेयरिस्टोले ३६, कप्तान डेविड वार्नरले अविजित ४८, केन विलियम्सनले २९, अब्दुल समदले २३ रन बनाए ।

बलिङमा केकेआरका लकी फर्गुसनले ३, प्याट कमिन्स, शिवम मावि र वरुण चक्रवर्तीले एक/एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो।

उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए।

त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए। बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एक/एक विकेट लिए।

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा रहेको छ। हैदराबादको यो छैटौं हार हो। हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker