आइपीएल : वार्नरले रचे नयाँ इतिहास, बने यो उपलब्धी हासिल गर्ने पहिलो विदेशी खेलाडी

काठमाडौंः सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नरले इन्डियन प्रिमियर लिग (आइपीएल) टी–२० क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन्। वार्नर आइपीएलमा ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका छन्।

युएईमा जारी १३औं संस्करणको आइपीएलअन्तर्गत कोलकत्ता नाइट राइडर्सविरुद्धको खेलसँगै वार्नर ५ हजार रन पूरा गर्ने पहिलो विदेशी खेलाडी बनेका हुन्।

कोलकत्ताविरुद्ध अविजित ४८ रन बनाएका वार्नरले कूल ५ हजार ३७ रन बनाएका छन्। वार्नरले १ सय ३५ खेलमा उक्त रन पूरा गरेका हुन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

अष्ट्रेलियन ब्याट्सम्यान वार्नर आइपीएलमा सर्वाधिक रन बनाउने चौंथो खेलाडीसमेत हुन्। वार्नरभन्दा अघि विराट कोहली, सुरेश रैना र रोहित शर्मा छन्। आइपीएलमा सर्वाधिक रन बनाउने खेलाडी कोहली हुन्। उनले ५ हजार ७ सय ५९ रन बनाएका छन्।

टिम ‘सुपर ओभर’मा हार्यो
यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत सनराइजर्स हैदराबादविरुद्ध कोलकाता नाइट राइडर्स (केकेआर) ‘सुपर ओभर’मा विजयी भएको छ।

सुपर ओभरमा हैदराबादले दिएको ३ रनको लक्ष्य ३ बलमै पूरा गर्न सफल भयो। यसअघि केकेआरले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६३ रन बनायो।

खेल सुपर ओभरमा गएपछि ब्याटिङ गर्न आएका हैदराबादले २ रन मात्र बनाउन सक्यो । सुपर ओभरमा लकि फर्गुसनले २ विकेट लिएपछि हैदराबादले २ रन मात्र बनाउन सक्यो ।

यसअघि हैदराबादका लागि जोनि बेयरिस्टोले ७६, कप्तान डेविड वार्नरले अविजित ४८, केन विलियम्सनले २९, अब्दुल समदले २३ रन बनाए ।

बलिङमा केकेआरका लकी फर्गुसनले ३, प्याट कमिन्स, शिवम मावि र वरुण चक्रवर्तीले एक/एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङको मौका पाएको केकेआरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ६३ रन बनायो।

उसका लागि शुभमन गिलले ३६, कप्तान इयोन मोर्गनले ३४, नितीश राणाले २९, राहुल त्रिपाठीले २३, आन्द्रे रसेलले ९ रन बनाए।

त्यस्तै, दिनेश कार्तिकले १४ बलमा अविजित २९ रनको योगदान दिए। बलिङमा हैदराबादका टी नटराजले २, राशिद खान, विजय शंकर र बसिल थम्पीले एक/एक विकेट लिए।

जितसँगै कोलकत्ताले ९ खेलमा ५ जितसहित १० अंक जोडेको छ। कोलकत्ता चौंथो स्थानमा रहेको छ। हैदराबादको यो छैटौं हार हो। हैदराबाद ९ खेलमा ६ अंक जोडेर पाँचौ स्थानमा रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker