टि-१० लिगको उपाधि मरठा अरेबियन्सलाई : फाईनलमा डेक्कन पराजित


युएईमा हिजो सम्पन्न टि-१० लिगको उपाधि ड्यान ब्र्याभुको कप्तानिमा रहेको मरठा अरेबियन्सले जितेको छ ।

फाईनल खेलमा शेन वाट्सनको कप्तानिमा रहेको डेक्कन ग्ल्याडिएटर्सलाई ८ विकेटले पराजित गर्दै मरठाले उपाधि उचालेको हो ।

डेक्कनले जितको लागि दिएको ८८ रनको लक्ष्य मरठाले ७.२ ओभरमा २ विकेट गुमाएर भेट्याएको हो । मरठालाई उपाधि दिलाउने क्रममा ब्याटिङ तर्फ चन्डिक वाल्टनले अविजित ५१, क्रीस लियनले १६ र नजिबुल्लाहले १२ रनको योगदान दिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको डेक्कनले निर्धारित १० ओभरमा ८ विकेट गुमार ८७ रन मात्र बनाएको थियो ।

गत नोभेम्बर १५ देखि चलेको प्रतियोगितामा विभिन्न ८ टोलि सहभागी भएका थिए ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नेपाली खेलाडीहरु पारस खड्का र सन्दिप लामिछाने आबद्ध टिमहरु क्रमश: टिम अबुधाबी र कर्नाटका टस्कर्स प्रतियोगिताको दोस्रो चरण बाटै बाहिरिएका थिए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker