सुपर ओभरमा ब्याटिङ गर्नुअघि गेल किन मयंकसँग रिसाएका थिए? यस्तो रहेछ कारण

काठमाडौंः १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेट यूएईमा जारी छ। आईपीएलको इतिहासको सबैभन्दा रोमाञ्चक खेल आइतबार मुम्बई इन्डियन्स र किंग्स इलावेन पञ्जाबबीच भयो।
यस खेलमा एक होइन, दुई सुपर ओभर खेलिएको थियो। पहिले ब्याटिङ गरेको मुम्बइले १७६ रन बनाएको थियो। पञ्जाबले निर्धारित २० ओभरमा केएल राहुलको ७७ रनको सहयोगमा १७६ रन नै बनाउन सफल भयो। र, खेल बराबरी भयो।
त्यसपछि पञ्जाबले पहिलो सुपर ओभरमा ५ रन बनायो। पञ्जाबले दिएको ६ रनको लक्ष्य पछ्याएको मुम्बईले पाँच रन मात्रै बनायो। रन बराबरी भएपछि फेरि म्याच ‘सुपर ओभर’मा धकेलियो।
दोस्रो ‘सुपर ओभर’मा मुम्बईले १२ रनको लक्ष्य दियो। सो लक्ष्य पञ्जाबले सो लक्ष्य ४ बलमै पूरा गर्दै अन्ततः जित हासिल गर्न सफल भयो। ‘सुपर ओभर’मा ट्रेन्ट बोल्टले बलिङ गरेका थिए। उनको बलमा क्रिस गेलले ७ र मयंक अग्रवालले ८ रन बनाए।
मयंकले युनिभर्सका क्रिस गेललाई सोधे–‘सुपर ओभरमा रनको पिछा गर्नुअघि किन नर्भस र रिसाएको? गेलले भने, ‘म कहिल्यै नर्भस थिइनँ, तर म आक्रोशित थिएँ। हामी यो स्थानमा आउनुपर्यो। तर, यो क्रिकेटको खेल हो। यस्तै प्रकारका घटनाहरू हुन्छन् नै। जब हामी ब्याटङि गर्न जाँदै थियौँ म तपाईंसँग रिसाएको थिएँ। तपाईंले मलाई पहिलो बल कसले सामना गर्ने भनेर सोध्यो। मलाई लाग्थ्यो तपाईँले मलाई त्यस्तो प्रश्न सोध्नु हुन्न। पहिलो बल खेल्ने अरु कोही हुँदैन ‘युनिभर्स बोस’को हुन्छ।’
जितपछि पहिलो सुपर ओभरमा ६ रन बचाउने पञ्जाबका फास्ट बलर मोहम्मद शमीले मयंकलाई भने, ‘यो एकदमै गाह्रो थियो। जब तपाईंलाई १४–१५ रन बचाउन सकिन्छ, तब तपाईं अझ विश्वस्त हुनुहुनेछ। तर यहाँ गल्ती गर्न थोरै अवसर थियो। त्यसैले म योर्करको आफ्नो बलमा निर्भर थिएँ। म मेरो योर्करमा विश्वास गर्दछु। जब मैले पहिलो बल फाले, म ६ बलमा ६ बल योर्कर फाल्न सक्छु भन्ने कुरामा विश्वस्त थिए।’