आईपीएल २०२० : यी ३ टिमको ‘प्लेअफ’ टिकट पक्का, चौथो टोली कुन?

काठमाडौंः १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट यूएईमा जारी छ। हालसम्म ३७ वटा खेलहरू सम्पन्न भएका छन्।

यसवर्षको प्लेअफमा पुग्ने तीन टोलीका नामहरू लगभग टुंगो लागिसकेको छ। बाँकी पाँच टोली एक स्थानका लागि प्रतिस्पर्धा गर्दैछन्। कुन टोली प्लेआफमा पहिलो र दोस्रो स्थानमा हुनेछ भनेर अझै स्पष्ट छैन।

यदि यस सिजनमा अहिलेसम्म खेलेका खेलहरू हेर्नुभयो भने स्पष्ट हुनेछ कि बाँकी पाँच टोलीहरूको तुलनामा तीन टोलीहरूले धेरै राम्रो प्रदर्शन गरेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर शीर्ष तीनभित्र छन्। र, यी टोलीहरुले प्लेअफमा लगभग स्थान बनाइसकेका छन्।

पोइन्ट टेबललाई हेर्दा दिल्ली टीमले ९ मध्ये ७ खेल जितेको छ। उसको १४ अंक छ। दिल्ली प्लेअफ नजिक छ। आजको खेलमा जित हासिल गर्न सके दिल्ली प्लेअफमा पुग्नेछ। दिल्ली आज साँझ पञ्जाबविरुद्ध खेल्दैछ।

मुम्बईले ९ खेलमा ६ जितबाट १२ अंक प्राप्त गरेको छ। एक खेल जितेमा उ पनि प्लेअफमा पुग्नेछ। बैंग्लोरको पनि १२ अंक छ। प्लेअफमा पुग्न उसलाई बाँकी पाँच खेलमा एक जित आवश्यक छ।

प्लेअफमा पुग्ने चौथो टोली को?
दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बैंग्लोर लगभग प्लेअफमा पगिसकेका छन्। अब बाँकी पाँच टोलीमध्ये एक टोली प्लेअफमा पुग्नेछ।

चेन्नई सुपर किंग्सले यस सिजनमा सबैभन्दा निराशाजनक खेल प्रदर्शन गरिरहेको छ। तर, पनि प्लेअफमा पुग्न सम्भावना उसको न्यून छ।

कोलकाता नाइट राइडर्स टिमको सम्भावना बलियो छ। उसले ९ मध्ये ५ खेल जितेको छ। उसको कुल अंक १० छ। बाँकी पाँच खेलमा २ खेल जिते प्लेअफमा पुग्नसक्छ।

राजस्थान रोयल्स ८, सनराइजर्स हैदराबाद, किंग्स इलावेन पञ्जाब र चेन्नई क्रमशः ६–६ अंकको साथ प्लेअफ दौडमा छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker