अर्धशतकपछि राणाले अलग जर्सी देखाउनुको कारण यस्तो !

काठमाडौं, ८ कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलअन्तर्गत दिल्ली क्यापिटल्सविरुद्ध आज केकेआरले ब्याटिङमा केही परिवर्तन गर्‍या । उसले आज ओपनिङमा शुभमन गिलका साथमा नीतिश राणलाई पठायो ।

photo source : iplt20

नीतिशले टिमले दिएको जिम्मेवारी पनि राम्रैसँग निर्वाह गरे । गिल छिट्टै आउट भए पनि राणा भने मैदानमा लडिरहे ।

उनले ३५ बलमा ७ चौका र एक छक्कासहित अर्धशतक बनाएसँगै डटकआउट एक खेलाडीले जर्सी ल्याएका थिए । जुन जर्सीमा नीतिशका सुसराको नाम लेखिएको थियो ।

photo source : iplt20

प्रायः ब्याट्सम्यान अर्धशतक बनाएसँगै ब्याट उठाएर सेलिब्रेसन गर्छन् । तर, नीतिशले भने डकआउटबाट ल्याइएको जर्सी देखाउँदै सेलिब्रेसन गरे । उनले समातेको जर्सीमा सुरिन्दर लेखिएको थियो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नीतिशका सुसरा सुरिन्दर मारवाहको शुक्रबार निधन भएको थियो । उनले आफ्नो सुसराको सम्झनामा मैदानमा अर्धशतक बनाएसँगै सुरिन्दर नामको जर्सी देखाएका थिए ।

नीतिशले आज ५३ बलमा १३ चौका र एक छक्कासहित ८१ रन बनाए । उनकै उत्कृष्ट प्रदर्शनमा केकेआरले दिल्लीलाई १ सय ९५ रनको विशाल लक्ष्य दिएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker