आईपीएल २०२० : प्लेअफ र फाइनलको खेल तालिका सार्वजनिक

काठमाडौं, १० कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलको प्लेअफ म्याचको तालिका सार्वजनिक गरिएको छ । सार्वजनिक तालिकाअनुसार प्लेअफका म्याच ५ नोभेम्बरदेखि सुरु हुनेछन् ।
NEWS – The #Dream11IPL 2020 Playoffs and Final to be played from 5th November to 10th November, 2020 in Dubai and Abu Dhabi.
More details here – https://t.co/8Zyx1hEBx0 pic.twitter.com/eiMqNaQA7b
— IndianPremierLeague (@IPL) October 25, 2020
पहिलो क्वालिफायर म्याच ५ नोभेम्बरमा दुबईमा खेलिने छ । त्यस्तै, ६ नोभेम्बरमा एलिमिनेटर म्याच खेलाइने छ । यो म्याच अबुधाबीमा हुनेछ ।
दोस्रो क्वालिफायर म्याच ८ नोभेम्बरमा अबुधाबीमा हुनेछ । आईपीएल २०२० को फाइल १० नोभेम्बरमा दुबईमा हुनेछ ।
४५ म्याच सकिँदासम्म प्लेअफमा पुग्ने टिमको टुंगो लागि सकेको छैन । यो सिजनमा अन्तिम चारमा मुम्बई इण्डियन्स, दिल्ली क्यापिटल्स र आरसीबी लगभग पक्का भयसकेका छन् । चौथो टिमका लागि रोचक प्रतिस्पर्धा भइरहेको छ ।