दिल्लीको १२औँ म्याच भोलि, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं, १० कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा दिल्ली क्यापिटल्सले भोलि (मंगलबार) आफ्नो १२ औँ म्याच खेल्दै छ । उसले १२ औँ सनराइजर्स हैदराबादविरुद्ध खेल्न लागेको हो ।

यी दुई टिमबीचको खेल साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । जारी सिजनमा दिल्लीले ११ म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ । हैदराबादले ११ खेलमध्ये ४ म्याच मात्र जित्न सकेको छ ।

दिल्ली र हैदराबादको म्याच हुनुअघि दुबै टिमको प्लेइङ-११ को चर्चा सुरु भएको छ । लोकप्रिया क्रिकेट अनलाइन इएसपीएन क्रिकइन्फाले दुबै टिमको सम्भावित प्लेइङ-११ को चर्चा गरेको छ । उसले दिल्लीको प्लेइङ-११ मा २ खेलाडी परिवर्तन गरेको छ ।

क्रिकइन्फाले हैदराबादविरुद्ध आजिक्य रहाणे र तुषार देशपाण्डेले विश्राम पाउन सक्ने औँल्याएको छ । रहणे र पाण्डेले अघिल्लो खेलमा चित्तबुझ्दो प्रदर्शन गर्न सकेका थिएनन् ।

क्रिकइन्फाले अनुमान गरेको दिल्लीको प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान) ऋषभ पन्त, शिमरोन हेटमायर, मार्कस स्टोइनिस, हर्षल पटेल, अक्क्षर पटेल, रविचन्द्रन अश्विन, कागिसो रबाडा र एनरिक नोर्टजे ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker