अष्ट्रेलियासँगको सिरिजका लागि भारतद्वारा टिम घोषणा, टिममा अटाएनन् रोहित शर्मा !

काठमाडौं, ८ कात्तिक : भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले अष्ट्रेलियासँगको सिरिजका लागि टोली घोषणा गरेको छ ।

बीसीसीआईले आज टी-२०, वानडे र टेष्ट सिरिजका लागि टोली घोषणा गरेको हो । टोलीमा केही नयाँ अनुहार पनि देखिएका छन् ।

केही खेलाडीले भने लामो समयपछि कमब्याक गरेका छन् । भारत र अष्ट्रेलियाबीचको सिरिज डिसेम्बरमा सुरु हुनेछ ।

आसन्न सिरिजमा टिमका उपकप्तान रोहित शर्मा टोलीमा अटाएका छैनन् । त्यस्तै, टेष्ट टिमका महत्वपूर्ण सदस्य इशान्त शर्मालाई पनि टिममा समावेश गरिएको छैन । सायद यी दुई खेलाडी चोटका कारण पनि टिममा समावेश नभएको हुन सक्ने भारतीय मिडियाले लेखेका छन् ।

भारतीय टी-२० टिम : विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, केएल राहुल, श्रेयस अय्यर, मनिष, हार्दिक पांड्या, सञ्जु सामसन, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रवर्ती ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

एकदिवसीय टोली : विराट कोहली (कप्तान), शिखर धवन, शुभमन गिल, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पांड्या, मयंक अग्रवाल, रवीन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर ।

टेस्ट टीम : विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्य रहणे, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान शाह (धप), ऋषभ पन्त, जसप्रीत बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रवीन्द्र जडेजा, आर अश्विन र मोहम्मद सिराज ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker