रोहितले आईपीएलका बाँकी खेल खेल्ने सम्भावना न्यून !

काठमाडौं, १० कात्तिक : जारी सिजनको आईपीएलमा पनि मुम्बई इण्डियन्स उत्कृष्ट लयमा देखिएको छ । उसले ११ म्याचमध्ये ७ मा जित हासिल गरेको छ । र, मुम्बई तालिकाको शीर्ष स्थानमा छ ।

१३ औँ सिजनमा पनि मुम्बईलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । टिमका कप्तान रोहित शर्मा घाइते हुँदा भने मुम्बईलाई केही घाटा लाग्ने देखिन्छ । उनी लगातार दुई खेलमा प्लेइङ ११ मा उपलब्ध हुन सकेनन् ।

घुँडाको चोटका कारण रोहित अहिले विश्राम गरिरहेका छन् । उनको अनुपस्थितिमा टिमको कप्तानी अलराउन्डर किरण पोलार्डले गरिरहेका छन् ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

पोलार्डको कप्तानीमा जारी सिजनमा मुम्बईले २ म्याच खेलेको छ । जसमा एकमा हार र एक खेलमा जित हासिल गरेको छ । रोहितको चोट के कति गम्भीर छ भनेर अहिलेसम्म मुम्बईले आधिकारिक रूपमा जानकारी दिइसकेको छैन् ।

यद्यपि भारतीय मिडियाका अनुसार उनी आईपीएलका बाँकी म्याच गुमाउन सक्ने छन् । रोहित सोमबार अष्ट्रेलियासँगको सिरिजका लागि पनि टिममा समावेश भएका छैनन् । यसको अर्थ उनको चोट गम्भीर छ ।

रोहित भारतीय वानडे र टी-२० टिमका उपकप्तान पनि हुन् । उनलाई लयमा नदेखिएर टिममा समावेश नगरिएको होइन । भारतीय सञ्चारमाध्यमका अनुसार उनी पूर्ण रूपमा फिट नभएका कारण टोलीमा पर्न असफल भएका हुन् ।

पञ्जाबसँगको म्याचका क्रममा रोहित घाइते भएका थिए । त्यसपछि लगातार टिमको नेतृत्व पोलार्डले गरिरहेका छन् । यदि आगामी खेलमा रोहित उपलब्ध हुन नसके मुम्बईलाई ठूलो घाटा लाग्ने देखिन्छ ।

मुम्बई आईपीएलको सर्वाधिक सफल टिम हो । उसले हालसम्म ४ पटक उपाधि जितिसकेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker