आइपीएल : हैदराबादबिरुद्द दोस्रो खेल खेल्दै दिल्ली, यस्तो छ सम्भावित प्लेइङ-११

काठमाडौं, १० कात्तिक : यूएईमा भइरहेको इण्डियन प्रिमियर लिगको ४७ औँ म्याचमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ ।

 

दिल्ली र हैदराबादबीचको म्याच साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ । यो सिजनमा दिल्लीले ११ म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ । हैदराबादले ११ खेलमध्ये ४ म्याच मात्र जित्न सकेको छ ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

 

जारी सिजनमा पनि प्लेअफ पुग्ने दिल्लीको सम्भावना बलियो छ । उसले यदि आजको खेल जितेमा प्लेअफ यात्रा पक्का गर्नेछ । तालिकामा दिल्लीले १४ अंक बटुलिसकेको छ ।

यो सिजनमा हैदराबाद भने प्लेअफ पुग्ने सम्भावना निकै कम छ । उसले तालिकामा ८ अंक मात्र जोडिसकेको छ । हैदराबादभन्दा अघि राजस्थान, केकेआर र पञ्जाब छन् ।

दिल्लीको सम्भावित प्लेइङ-११ : शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर/सन्दीप लामिछाने, हर्षल पटेल, अक्क्षर पटेल, रविचन्द्रन अश्विन, मार्कस स्टोइनिस, कागिसो रबाडा र एनरिक नोर्टजे ।

हैदराबादको सम्भावित प्लेइङ-११ : डेविड वार्नर (कप्तान), जोनी बेयरिस्टो, मनिष पाण्डे, विजय शंकर, प्रियाम गर्ग, अभिषेक शर्मा, जेसन होल्डर, राशिद खान, सन्दीप शर्मा, खलिल अहमद र टी नटराजन ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker