पर्पल क्याप : बुमराहलाई उछिन्दै दोस्रो स्थानमा उक्लिए शामी, यस्तो छ अरू बलरको स्थान (सूची)

काठमाडौं, १० कात्तिक : यूएईमा जारी १३ औँ सिजनको आईपीएलमा किंग्स इलावेन पञ्जाबका तीव्र गतिका बलर मोहम्मद शामी सर्वाधिक विकेट लिने सूची (पर्पल क्याप)को दोस्रो स्थानमा उक्लिएका छन् ।

गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध तीन विकेट लिएसँगै शामी सर्वाधिक विकेट लिने सूचीको दोस्रो स्थानमा उक्लिएका हुन् ।

शामीले १२ म्याच खेल्दा ८.४६ को इकोनमीमा २० विकेट लिएका छन् । जारी सिजनमा उनको उत्कृष्ट बलिङ ४ ओभरमा १५ रन दिएर ३ विकेट लिनु हो ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

पर्पल क्यापको दौडमा दिल्ली क्यापिटल्सका फास्ट बलर कागिसो रबाडा शीर्ष स्थानमा छन् । उनले ११ म्याचमा ७.६४ को इकोनमीमा २३ विकेट लिएका छन् । जारी आईपीएलमा रबाडाको उत्कृष्ट बलिङ ४ ओभरमा २४ रन दिएर ४ विकेट लिनु हो ।

यो सूचीको तेस्रो स्थानमा राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर छन् । उनले १२ खेलमा ६.७१ के इकोनमीमा १७ विकेट लिएका छन् ।

‘पर्पल क्याप’को दौडमा मुम्बई इण्डियन्सका जसप्रीत बुमराह चौथो स्थानमा छन् । उनले ११ खेलमा ७.५२ को इकोनमीमा १७ विकेट लिएका छन् ।

आरसीबीका स्पिनर युजवेन्द्र चहल यो सूचीको पाँचौ स्थानमा छन् । उनले ११ म्याचमा १६ विकेट लिएका छन् ।

मुम्बई इण्डियन्सका ट्रेन्ट बोल्टले पनि ११ खेलमा १६ विकेट हात पारेका छन् । उनी यो सूचीको छैठौँ स्थानमा छन् ।

Photo : iplt20

त्यस्तै, राशिद खान (१४) सातौँ, एनरिक नोर्टजे (१४) आठौँ, राहुल चाहर (१३) नवौँ र साम करन (१३) विकेटका साथ दशौँ स्थानमा छन् ।

४६ म्याच सकिँदा कुन बलरले कति विकेट लिए? सूची :

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker