मुजीबले पुनः ब्रिसबेनबाट बीबीएल खेल्ने, सन्दीपले खेल्ने सम्भावना कति?

काठमाडौंः अफगानिस्तानका युवा स्पिनर मुजीब उर रहमानले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) क्रिकेट पुनः ब्रिसबेन हिटबाटै खेल्ने भएका छन्।

ब्रिसबेनले मंगलबार अन्तराष्ट्रिय खेलाडीको रुपमा स्पिनर मुजीबलाई अनुबन्ध गरिएको जनाएको छ।

१९ वर्षीय अफगानी बलर मुजीबले २०१८ बाट ब्रिसबेनबाटै खेल्दै आएका छन्। ब्रिसबेनका लागि उनले दुई सिजन खेलिसकेका छन्।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

नयाँ सिजनको बीबीएल आगामी डिसेम्बर ३ बाट सुरु हुनेछ। यस सिजनमा हरेक टिमले ३ खेलाडीलाई प्लेइङ सेटमा राख्न पाउने छन्।

यसअघि बीबीएलमा २ विदेशी खेलाडी मात्र राख्न पाइने प्रावधान रहेको थियो। यस्तै बीबीएलमा एक टिमले ६ विदेशी खेलाडी अनुबन्ध गर्न पाइने छ।

सन्दीपले बीबीएल खेल्ने सम्भावना?
आसन्न बीबीएल नेपालका लेगस्पिनर सन्दीप लामिछानेले कुन टिमबाट खेल्छन् भन्ने नेपाली क्रिकेटप्रेमीको चासोको विषय हो। यस सिजनका लागि उनले हालसम्म कुनै पनि टिमसँग सम्झौता गरेका छैनन्।

बीबीएलका पछिल्ला दुई सिजनमा लामिछानेले मेलवर्न स्टार्सबाट खेलका थिए। यो सिजनका लागि भने सन्दीपले कुनै पनि टिमसँग सम्झौता गरेका छैनन्। अघिल्लो सिजन उनले स्टार्ससहित अन्य टिमसँग छलफल गरे पनि अन्त्यमा स्टार्ससँगै सम्झौता गरेका थिए।

   

सन्दीपले पछिल्ला दुई सिजनमा स्टार्सबाट २० खेल खेल्दा २६ विकेट लिएका थिए। उनको बिबिएलमा उत्कृष्ट प्रदर्शन ३ विकेट लिएर ११ रन दिनु हो। सन्दीप बिबिएलमा उत्कृष्ट प्रदर्शन गर्ने विदेशी खेलाडीमा पर्छन्।

बीबीएलको आसन्न संस्करणका लागि सन्दीपलाई नयाँ टिमले प्रस्ताव गरेको छ। यसअघि लगातार दुई संस्करणबाट मेलबर्न स्टार्सबाट बीबीएल खेलेका सन्दीपलाई नयाँ सिजनका लागि फरक टिमबाट प्रस्ताव आएको हो।

आसन्न संस्करणका लागि बीबीएल टिमहरूले खेलाडी अनुबन्ध गर्ने काम सुरु गरिसकेका छन्। यो पटक मेलनर्ब स्टार्ससहित अन्य टिमले पनि सन्दीपलाई टोलीमा भित्र्याउने इच्छा देखाएका उनका म्यानेजर रमन सिवाकोटीले बताए।

तर, कुन टिमले सन्दीपलाई भित्र्याउन प्रस्ताव गरेको भनेर भने सिवाकोटीले खुलाएका छैनन्। छिट्टै सन्दीप कुन टिमबाट बीबीएल खेल्ने भनेर टुंगा लाग्ने उनले बताए।

मेलबर्नले सन्दीपलाई राख्न चाहेमा पहिलो प्राथमिकता स्टार्स नै हुने बताइएको छ। सन्दीपले मेलबर्नसँग अहिलेसम्म सम्झौता नविकरण गरिसकेका छैनन्।

उनले खेलेका दुबै बीबीएल फाइनलमा मेलबर्न स्टार्स फाइनलमा पुगेको छ। तर, मेलबर्नले यी दुबै सिजनमा उपाधि भने जित्न सकेन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker