पञ्जाबसँग कोलकाता हार्नुका प्रमुख ३ कारण

काठमाडौंः कोलकाता नाइट राइडर्सले यो सिजन कप्तान परिवर्तन गरेर फाइदा लिन सकेका छैनन्। कोलकाताले किंग्स इलावेन पजाबसँग हारेको छ।

केकेआरविरुद्ध किंग्स इलावेन पञ्जाब ८ विकेट ले विजयी भयो। पन्जाबले कोलकाता नाइट राइडर्स (केकेआर)विरुद्ध टस जितेर बलिङ रोजेको थियो।

टस हारेर पहिले ब्याटिङको मौका पाएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १४९ रन बनाएको थियो। पञ्जाबले १८.५ ओभरमा २ विकेट गुमाएर उक्त लक्ष्य पूरा गरेको थियो। पञ्जाबले यो सिजनमा यो लगातार पाँचौं जित हासिल गरेको हो।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

लयमा फर्किँदै यसक्रममा पञ्जाबले ठूला टिमहरूलाई समेत हराएको छ। पञ्जाब अब प्लेअफको दाबेदार समेत भएको छ। पञ्जाबसँग कोलकाता हार्नुका प्रमुख ३ कारणबारे चर्चा गर्दैछौँः

ब्याट्सम्यानमा धैर्यताको अभाव
पहिले ब्याटि गर्दै शुभमन गिलबाहेक केकेआरका कुनै पनि ब्याट्सम्यानले उल्लेख्य रन बनाउन सकेनन्। उनीहरुले क्रिजमा टिकेर ब्याटिङ गर्न असफल रहे।

जसका कारण केकआरले १५० भन्दा कम स्कोर बनायो। उसका ब्याट्सम्यानमा धैर्यताको अभाव देखिन्थ्यो। पञ्जाबले यसको फाइदा उठायो।

मोहम्मद शामीको उत्कृष्ट बलिङ
किंग्स इलावेन पञ्जाबका सबै बलरहरुले राम्रो बलिङ गरे। तर मोहम्मद शामीको प्रदर्शन भने फरक देखिन्थ्यो।

शामीले आफ्नो ४ ओभरको स्पेलमा ३६ रन खर्चे तर एकपछि अर्को ब्याट्सम्यानलाई पवेलियन पठाए। शामीले केकेआरका तीन ब्याट्सम्यानलाई आउट गरेकका थिए।

मन्दीप सिंह–क्रिस गेलको इनिङ्स
मन्दीप सिंहले यसपटक उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित दिलाए। मन्दीपले ५६ बलमा नटआउट ६६ रन बनाए। अर्कोतर्फ क्रिस गेलले विस्फोटक ब्याटिङ गरे।

उनले केकेआरलाई खेलमा फर्किने मौका नै दिएनन्। गेलले २९ बलमा ५१ रन बनाए। जसमा ५ छक्का पनि समावेश थिए।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker