केएल राहुलले पाए भारतीय टिमको उपकप्तानको जिम्मेवारी

काठमाडौं: भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले विकेटकीपर/ब्याट्सम्यान केएल राहुलाई उपकप्तानको जिम्मेवारी दिएको छ।

बीसीसीआईले अष्ट्रेलियासँगको वानडे र टी-२० सिरिजका लागि केएललाई उपकप्तानको जिम्मेवारी दिएको हो।

रोहित शर्मालाई टिममा समावेश नगरिएपछि केएलले उपकप्तानको जिम्मेवारी पाएका हुन्। यसअघि पनि उनी टिमको उपकप्तान बनिसकेका छन्। केएल न्यूजिल्याण्डसँगको टी-२० सिरिजमा पनि टिमको उपकप्तान बनेका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

सो सिरिजमा पनि रोहित चोटका कारण उपलब्ध थिएनन्। रोहितको अनुपस्थितिमा केएलले उपकप्तानको जिम्मेवारी पाउँदै आएका छन्।

बीसीसीआईले वानडे र टी-२० मा केएलसँगै दोस्रो विकेटकीपरको रूपमा सञ्जु सामसनलाई मौका दिएको छ।

ऋषभ पन्तले भने अष्ट्रेलियासँगको सिरिज लागि वानडे र टी-२० टिममा मौका पाएका छैनन्। उनलाई यो पटक टेष्ट टिममा मात्र अवसर दिइएको छ। भारत र अष्ट्रेलियाबीचको सिरिज ३ डिसेम्बरदेखि सुरु हुनेछ।

भारतीय टी-२० टिम: विराट कोहली (कप्तान), शिखर धवन, मयंक अग्रवाल, केएल राहुल, श्रेयस अय्यर, मनिष, हार्दिक पांड्या, सञ्जु सामसन, रवीन्द्र जडेजा, वाशिंगटन सुन्दर, युजवेन्द्र चहल, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी, दीपक चहर र वरुण चक्रवर्ती।

एकदिवसीय टोली: विराट कोहली (कप्तान), शिखर धवन, शुभमन गिल, केएल राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, हार्दिक पांड्या, मयंक अग्रवाल, रवीन्द्र जडेजा, युजवेन्द्र चहल, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद शामी, नवदीप सैनी र शार्दुल ठाकुर।

टेस्ट टीम: विराट कोहली (कप्तान), मयंक अग्रवाल, पृथ्वी शा, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्य रहणे, हनुमा विहारी, शुभमन गिल, ऋद्धिमान शाह, ऋषभ पन्त, जसप्रीत बुमराह, मोहम्मद शामी, उमेश यादव, नवदीप सैनी, कुलदीप यादव, रवीन्द्र जडेजा, आर अश्विन र मोहम्मद सिराज।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker