आज हैदराबादविरुद्ध सन्दीपले खेल्ने सम्भावना कति?

काठमाडौं: यूएईमा भइरहेको इण्डियन प्रिमियर लिगको ४७ औँ म्याचमा आज दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादको सामना गर्दैछ।

दिल्ली र हैदराबादबीचको म्याच साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ। यो सिजनमा दिल्लीले ११ म्याचमध्ये ७ खेलमा जित हासिल गरेको छ। हैदराबादले ११ खेलमध्ये ४ म्याच मात्र जित्न सकेको छ।

जारी सिजनमा पनि प्लेअफ पुग्ने दिल्लीको सम्भावना बलियो छ। उसले यदि आजको खेल जितेमा प्लेअफ यात्रा पक्का गर्नेछ। तालिकामा दिल्लीले १४ अंक बटुलिसकेको छ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यो सिजनमा हैदराबाद भने प्लेअफ पुग्ने सम्भावना निकै कम छ। उसले तालिकामा ८ अंक मात्र जोडिसकेको छ। हैदराबादभन्दा अघि राजस्थान, केकेआर र पञ्जाब छन्।

हैदराबादविरुद्ध सन्दीपको सम्भावना?
आजको खेलमा पनि दिल्लीमा जोडिएका नेपाली लेगस्पिनर सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ। यद्यपि पिच स्पिनरका लागि उपयुक्त भइरहेकाले दिल्लीले उनलाई हैदराबादविरुद्ध मौका दिने सम्भावना पनि उत्तिकै छ।

जारी सिजनमा दिल्ली ११ म्याच खेल्दा लामिछाने बेन्चमै सीमित भएका छन्। दिल्लीले अहिलेसम्म विदेशी कोटाबाट कागिसो रबाडा, एनरिक नोर्टजे, मार्कस स्टोइनिस, एलेक्स क्यारी, शिमरोन हेटमायर, डानियल साम्सको प्रयोग गरिसकेको छ। जसमध्ये रबाडा र नोर्टजेले लगातार राम्रो प्रदर्शन गरिरहेका छन्।

विदेशी खेलाडीका रूपमा अलराउन्डर किमो पउल र सन्दीप भने अहिलेसम्म बेन्चमै थन्किएका छन्। दिल्ली आज जित हासिल गर्दै प्लेअफको यात्रा पक्का गर्न चाहन्छ। जसअनुरुप उसले त्यही रणनीतिअनुसार प्लेइङ-११ तयार पार्नेछ।

बलियो प्लेइङ-११ का साथ मैदान उत्रिने तयारीमा रहेको दिल्लीले विदेशी कोटाबाट आज पनि अघिल्लो म्याचकै खेलाडीलाई मौका दिन सक्छ । रबाडा र नोर्टज प्लेइङ-११ मा खेल्ने पक्का जस्तै छ। हेटमायर र स्टोइनिसमध्ये दिल्ली आज एकलाई विश्राम दिन सक्छ ।

स्टोइनिसले लगातार ११ म्याच खेलेका छन्। उनलाई हैदराबादविरुद्ध विश्राम दिएर दिल्लीले सन्दीप र किमोमध्ये एकलाई मौका दिने सम्भावना पनि छ।

दिल्लीको सम्भावित प्लेइङ-११: शिखर धवन, पृथ्वी शा, श्रेयस अय्यर (कप्तान), ऋषभ पन्त, शिमरोन हेटमायर, हर्षल पटेल, अक्क्षर पटेल, रविचन्द्रन अश्विन, मार्कस स्टोइनिस/सन्दीप लामिछाने, कागिसो रबाडा र एनरिक नोर्टजे।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker