धोनीले नै गर्नेछन् आईपीएल २०२१ मा सीएसकेको ‘कप्तानी’

काठमाडौंः १४औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल २०२१ मा पनि चेन्नई सुपर किंग्सको नेतृत्व महेन्द्रसिंह धोनीले नै गर्ने भएका छन्।

चेन्नाई सुपर किंग्सका सीईओ काशी विश्वनाथनले टाइम्स अफ इन्डियासँगको अन्तर्वार्तामा धोनीले नै आगामी सिजन टिमको ‘कप्तानी’ गर्ने घोषणा गरेका हुन्।

जारी आईपीएलमा खराब प्रदर्शनपछि प्लेअफ पुग्न इतिहासमै असफल भएपछि आलोचना भएता पनि सिएसकेले धोनीलाई नै टिमको नेतृत्वमा निरन्तरता दिने भएको हो।

 

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

‘पक्कै पनि। धोनीले नै २०२१ मा पनि चेन्नईको नेतृत्व गर्नेछन्। उनले हामीलाई ३ वटा उपाधि जिताएका छन्। यो वर्ष पहिलोपटक हामी प्लेअफ पुग्न सकेनौं।’ सिईओ विश्वनाथनले भने, ‘कुनै पनि टिमले यस्तो गर्न सकेको छैन। एउटा खराब वर्ष गयो भन्दैमा हामि सबै परिवर्तन गर्नुपर्छ भन्ने हुँदैन।’

टिम मात्र हैन धोनीको पनि यो सिजन ब्याटबाट प्रदर्शन औशतभन्दा कमजोर रहेको थियो। १२ खेलमा धोनीले २८.४२ को औशतले १९९ रन मात्र बनाउन सकेका छन् भने उनको स्ट्राइक रेट मात्र ११८.४५ रहेको छ।

आईपीएल २०२१ को आयोजना ६ महिनापछि हुनेछ। ३९ वर्षीय धोनीको व्यक्तिगत फर्म मात्र हैन भविष्यलाई लिएर समेत प्रश्नहरु उठ्न थालेको छ। तर, चेन्नई सिईओ विश्वनाथनले टिमको हारको कारण लिगको दौरान अप्रिय घटनाक्रमहरुलाई दिएका छन्।

‘हामीले हाम्रो क्षमता अनुसार यो सिजन खेल्न सकेनौँ। हामीले जित्नुपर्ने खेलहरु हार्यौं जसले हामीलाई पछाडि धकेल्यो।’ उनले भनेका छन्, ‘सुरेश रैना र हरभजन सिंहले नाम फिर्ता लिनु तथा कोभिड–१९ केसहरुले गर्दा टिमको सन्तुलनमा गडबडी भयो।’

जारी आईपीएलमा चेन्नईले खेलका १२ खेलमा ४ मा मात्रै जित हात पार्न सफल भयो। ८ अंकसहित सीएसके अंक तालिकाको आठौँ स्थानमा रहेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker