म्याचको क्रममा कोहलीले किन गरे सूर्यकुमारसँग यस्तो व्यवहार? (भिडियोसहित)

काठमाडौं: आईपीएल २०२० को ४८ औं खेलमा मुम्बई इन्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ५ विकेटले हराएर प्लेअफमा लगभग आफ्नो स्थान सुरक्षित गरेको छ।
मुम्बई मुम्बईको जितमा मध्यक्रमका ब्याट्सम्यान सूर्यकुमार यादवले उत्कृष्ट इनिङ्स खेले। उनले ४३ बलमा १० चौका र ३ छक्का प्रहार गर्दै नटआउट ७९ रन बनाए।
मुम्बईको इनिङ्सको १३ औं ओभरमा प्रशंसकहरूले विराट कोहलीलाई हप्काएपछि यस्तो घटना भयो।
वास्तवमा जब सूर्यकुमारले १३ औं ओभरको अन्तिम बलमा कभर ड्राइभमा हिर्काए, त्यहाँ रहेका आरसीबीका कप्तान विराट कोहलीले बललाई समाते। त्यस पछि कोहली र सूर्यकुमार एक अर्कालाई हेर्न थाल्छन् र कोहली पनी पसिनाले बल सफा गर्दै सूर्यकुमारसम्म पुगे। दुई बीच कुनै कुराकानी भएन, तर आँखामा एक धेरै तीब्र प्रतिक्रिया देखियो।
कोहलीको त्यस्तो दृष्टिकोण देखेर प्रशंसकहरूले उनीप्रति ट्विटरमा आक्रोस पोखेका छन्। केही प्रशंसकहरूले कोहलीले केवल विदेशी खेलाडीहरूको आदर गर्न मात्रै आउने प्रतिक्रिया दिएका छन्।
ट्वीट हेर्नुहोस्ः
#BCCIpolitics #Suryakumar #viratkholi #RCBvsMI #MIvRCB #RCBvMI
Such a shameful act by such a big player kohli came for sledge SK,,, But Suryakumar Yadav gives perfect reply toh him not by words but by his works 💯 well played S. K❤ @surya_14kumar pic.twitter.com/rJ05Tdr5HV
— Bunty Pandit (@abhishek_bunty4) October 29, 2020
Kohli's respect only for overseas players(world cup 19 Steve Smith),not for own Indian Team player(SKY) trying to sledging him.but kohli gets well deserved answer from SKY.
— 🌸yuva🌸 (@YuVaNeSwArY19) October 29, 2020
Haan.. haan.. ek inning khel kr usko aankh dikha rha jo aisa saikdon inning khel chuka hai… surya kumar aur ishan kisan jaisa saikron aayega.. aur jayega.. lekin Kohli ek hai.. aur ek hi rhega.. jb uske jaisa bn jao.. fir attitude dikhaye koi tb achha lgta hai..
— Agnostic Ujjwal (@UlP_98) October 29, 2020
For all those thinking virat kohli did nothing 😂😂
He is abusing surya and you guys expect him to not even stare at Kohli 😂
Last ball of 10th over ( before that staring) #MIvRCB #SuryakumarYadav pic.twitter.com/56eE84dR5I— sagar (@SagarJ4501) October 28, 2020
रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी)ले मुम्बई इण्डियन्सलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो। टस हारेर ब्याटिङको मौका पाएको आरसीबीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो।
उसका लागि देवदत्त पाडिक्कलले उत्कृष्ट ब्याटिङ गरे । उनले ४५ बलमा १२ चौका र एक छक्कासहित ७४ रन बनाए।
त्यस्तै, जोश फिलिपले ३३, एबी डिभिलियर्सले १५, गुरकितमान सिंहले अविजित १४ र वासिङ्टन सुन्दरले नटआउट १२ रनको योगदान दिएका थिए। आरसीबीले ठूलो स्कोर हासिल गर्न सकेन।
आरसीबीले दिएको १ सय ६५ रनको लक्ष्य मुम्बईले १९.१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्न सफल भयो। उसका लागि सूर्यकमाुर यादवले ४३ बलमा १० चौका र ३ छक्कासहित अविजित ७९ रन बनाए।
त्यस्तै, इशान किशनले २५, क्विन्टन डीककले १८, हार्दिक पाण्ड्याले १७, कुणाल पाण्ड्याले १० रनको योगदान दिएका थिए।
Kholi \\when he win the match he become over exicitade like a child \\but whe he ready to loose game he become a tiger such a angery face.. he should leave the captancty of indian circket then only india can win another world cup