आईपीएल २०२१ को ‘अक्सन’मा महँगो मूल्यमा बिक्री हुन सक्छन् यी ३ खेलाडी

काठमाडौं, १ मंसिर : आईपीएल २०२० को समाप्तपछि अब सबैको नजर १४ औँ सिजनको आईएलमा गएको छ । आसन्न सिजनको आईपीएलअघि मेगा अक्सन हुन्छ ।

अक्सनअघि टिमसँग खेलाडी रिटेन र रिलिज गर्ने मौका मिल्ने गर्दछ । मेगा अक्सनमा हरेक टिम प्रमुख खेलाडी भित्र्याउनका लागि प्रयास गर्छन् ।

आगामी सिजनको आईपीएलमा पनि केही खेलाडीमाथि ठूलो रकम खर्च हुनेछ । अक्सनमा ठूलाठूला खेलाडीसमेत समावेश हुने भएकाले रकमको वर्षा नै हुने सम्भावना छ । यसैबीच आज १४ औँ सिजनको आईपीएलमा महँगो मूल्यमा बिक्री हुन सक्ने तीन क्रिकेटरको बारेमा चर्चा गर्दैछौँ :

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

मिचेल स्टार्क : अष्ट्रेलियाका यी स्टार बलर लामो समयदेखि आईपीएलभन्दा बाहिर छन् । उनी आईपीएल मात्र होइन आफ्नै देशको बिग बास (बीबीएल) पनि लामो समयपछि खेल्दै छन् ।

स्टार्कले गत सिजनको आईपीएल अक्सनबाट आफ्नो नाम फिर्ता लिएका थिए । तर, आईपीएल २०२१ मा भने उनलाई देख्न पाइने सम्भावना बढी छ । यदि आगामी संस्करणको आईपीएल खेल स्टार्कले मोटो रकम पाउन सक्छन् ।

सुरेश रैना : रैना आईपीएलका सर्वाधिक सफल खेलाडीमध्ये एक हुन् । उनले आईपीएल २०२० व्यक्तिगत कारणले खेलेनन् । आईपीएलका लागि यूएई पुगे पनि उनी प्रतियोगिता सुरु नहुँदै स्वदेश फर्किएका थिए ।

रैनाले अहिलेसम्म चेन्नई सुपर किंग्स (सीएसके) र गुजरात लायन्सबाट आईपीएल खेलेका छन् । सीएसकेसँगको रैनाको तीन वर्षे सम्झौता यो वर्ष सकिएको छ ।

आगामी सिजनमा यदि सीएसकेले नविकरण नगरे रैना अर्को टिममा जोडिने छन् । सीएसकेले रिलिज गरेमा अक्सनमा उनीमाथि पैसाको वर्षा हुने सम्भावना छ । रैनाले हालसम्म आईपीएलमा १९३ म्याचमा ५ हजार ३६८ रन बनाएका छन् ।

इशान किशन : यी युवा विकेटकीपर/ब्याट्सम्यानले १३ औँ सिजनमा मुम्बई इण्डियन्सका लागि शानदार प्रदर्शन गरे । उनले यो पटक १४ म्याचमा ५१६ रन बनाए ।

आईपीएलमा मुम्बईसँग पाँच खेलाडी रिटेन गर्ने अधिकार हुन्छ । यदि मुम्बईले रोहित शर्मा, जसप्रीत बुहराह, हार्दिक, पाण्ड्या, किरण पोलार्ड, सूर्यकुमार यादवलाई रिटेन गरेमा इशान रिलिज हुने सम्भावना छ । यसो भएमा उनको नाम अक्सनमा जानेछ ।

यो वर्ष शानदार प्रदर्शन गरेकाले उनलाई टिममा भित्र्याउन टिमबीच कडा प्रतिस्पर्धा चल्ने छ । यस्तो अवस्थामा इशान मोटो रकममा कुनै टिममा अनुबन्ध हुन सक्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker