आईपीएल : कप्तान बनिसकेका यी ३ खेलाडी आउदो सिजनमा नखेल्न सक्छन्

काठमाडौं, २ मंसिर : आईपीएल २०२० एक साताअघि सकिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण यूएईमा आयोजना गरिएको यो पटकको आईपीएलको उपाधि मुम्बई इण्डियन्सले जित्यो ।

मुम्बईले आईपीएल उपाधि जितेको यो पाँचौ पटक हो । फाइनलमा दिल्ली क्यापिटल्सलाई पाँच रनले हराउँदै रोहित शर्मा नेतृत्वको मुम्बई पाँचौ पटक च्याम्पियन बन्न सफल भयो ।

३ औँ सिजनमा पनि केही खेलाडीले शानदार प्रदर्शन गरे । यस सिजनमा केएल राहुल, शिखर धवन, सूर्यकुमार यादव, देवदत्त पाडिक्कल, गागिसो रबाडा, जसप्रीत बुमराह, ट्रेन्ट बोल्टलगायउत खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका हुन् । तर, ग्लेन म्याक्सवेल, डेल स्टेन, आन्द्रे रसेल, महेन्द्रसिंह धोनी, सुनील नारायण, शेन वाट्सन, दिनेश कार्तिक, आजिक्य रहाणे, आरोन फिन्च जस्ता स्टार खेलाडीले सन्तोषजनक प्रदर्शन गर्न सकेनन् ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

यसैबीच आज आईपीएलमा कप्तानी गरिसकेका र यो पटक खराब प्रदर्शन गरेकै कारण आगामी सिजन खेल्न नसक्ने तीन खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

दिनेश कार्तिक : विकेटकीपर/ब्याट्सम्यान कार्तिकलाई कोलकाता नाइट राइडर्स (केकेआर)ले २०१८ मा टिमको नेतृत्व गर्ने जिम्मा दिएको थियो । उनको कप्तानीमा केकेआरले प्लेअफसम्मको यात्रा पनि तय गरेको थियो ।

यो सिजनमा पनि कार्तिकले टिमको कप्तानी गरेका थिए । तर, उनले बीच सिजनमै कप्तानको पदबाट राजीनामा दिए ।

लगातार खराब प्रदर्शनका कारण ब्याटिङमा ध्यान दिने भन्दै राजीनामा दिएपछि कार्तिकको स्थानमा इयोन मोर्गनलाई कप्तान बनाइयो । कप्तानबाट राजीनामा दिँदा पनि उनको ब्याट भने चल्न सकेन ।

कार्तिकले आईपीएल २०२० को १४ म्याचमा १६९ रन मात्र बनाए । प्रदर्शन दिनहुँ कमजोर हुँदै जानु र आफू कप्तान पनि नहुनले आगामी सिजनमा उनलाई देख्न नपाइने सम्भावना पनि छ ।

अजिंक्य रहणे : अजिंक्यले पनि कार्तिकको जस्तै गत सिजनको आईपीएलको बीचमै कप्तानी छोडेका थिए । राजस्थान रोयल्सको नेतृत्व गरिरहेका उनले कप्तानी छोडेपछि स्टिभ स्मिथ फेरि कप्तान बनेका थिए ।

कप्तानबाट राजीनामा दिएसँगै दिल्ली क्यापिटल्सविरुद्ध रहाणेले शानदार शतकसमेत बनाएका थिए । २०२० को सिजनका लागि राजस्थानले उनलाई दिल्लीलाई बेच्यो ।

दिल्लीसँग ओपनिङ ब्याट्सम्यानको कमी नभएकाले यो सिजनको सुरुवात म्याचमा रहाणेले प्लेइङ-११ मा मौका पाएनन् । पृथ्वी शाको खराब प्रदर्शनका कारण ओपनिङ ब्याट्सम्यानको भूमिका पाए पनि रहाणे जम्न सकेनन् ।

अजिंक्यले १३ औँ सिजनमा ९ म्याचमा ११३ रन मात्र बनाए । उनी महँगो मूल्यमा दिल्लीमा भित्रिएका हुन् । खराब प्रदर्शन गरेकाले दिल्लीले उनलाई रिलिज गर्ने सम्भावना छ । उनको नाम अक्सनमा गए आसन्न सिजनका लागि रहणेमाथि कुनै पनि टिमले बोली नलगाउन सक्छन् ।

ग्लेन म्याक्सवेल : आईपीएल २०२० मा अष्ट्रेलियन यी स्टार खेलाडी चम्किँने धेरैको अनुमान थियो । तर, यो पटक म्याक्सवेलले सम्झनालयक प्रदर्शन गर्न सकेनन् । किग्स इलावेन पञ्जावमा १० करोड बढी मूल्यमा अनुबन्ध भएका उनको ब्याट १३ औँ सिजनमा कुनै पनि म्याचमा चल्न सकेन ।

म्याक्सवेलले यो पटक टिमका लागि १३ म्याचमा १०८ रन मात्र बनाए । चौका/छक्काको वर्षा गर्न माहिर यी स्टारले आईपीएल २०२० मा एक छक्का पनि प्रहार गर्न सकेनन् । खराब प्रदर्शनका कारण उनले आसन्न आईपीएल सिजनमा विश्राम पनि लिन सक्छन् ।

ग्लेन म्याक्सवेल

महँगो मूल्यमा अनुबन्ध भएका म्याक्सवेललाई पञ्जाबले रिलिज गर्ने सम्भावना धेरै छ । कुनै बेला पञ्जाबकै कप्तानी गर्ने मौका पाएका ग्लेन आगामी सिजनको अक्सनसम्म पनि लयमा नदेखिए कुनै पनि टिमले अनुबन्ध नगर्न पनि सक्छन् ।

यद्यपि अहिलेकै अवस्थाले यी कुराको निर्धारण त गर्दैन । तर, अक्सनमा खेलाडीको अघिल्लो सिजनको प्रदर्शनको पनि आँकलन गर्दै टिमले बोली लगाउने गर्छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker