यी हुन् भारतीय टिमको ‘कप्तान’ बन्न सक्ने ३ युवा क्रिकेटर

काठमाडौं, २ मंसिर : अन्तर्राष्ट्रिय क्रिकेट टेस्ट क्रिकेटबाट शुरू भयो र धेरै वर्षपछि ओडीआई क्रिकेट सुरु भयो। भारतीय टीमले एकदिवसीय डेब्यू गरेपछि समयसँगसँगै राम्रो प्रदर्शन गर्‍यो।

एकदिवसीय क्रिकेटमा सामेल भएपछि भारतले विश्वकप जित्यो। कपिल देव, त्यो बेला भारतीय टीमका कप्तान थिए। यसको बावजुद टीमले धेरै अवसरमा द्विपक्षीय र आईसीसी प्रतियोगितामा राम्रो प्रदर्शन गर्‍यो।

 

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

भारतीय क्रिकेट टीमको यो प्रदर्शन राम्रो कप्तानको कारण पनि सम्भव भएको थियो। कप्तान टीमको प्रमुख हो। कप्तानले टीमका अन्य खेलाडीहरूमा जोस र उत्साह दिने काम गर्दछन्। सौरभ गांगुली, महेन्द्रसिंह धोनी र विराट कोहली एक महान कप्तानको उदाहरण मान्न सकिन्छ।

आउँदै गरेको समयमा अर्को खेलाडीलाई भारतीय टिमको स्थानमा ओडीआई वा टी २० टिमको कप्तानी सुम्पिएमा छक्क पर्नुपर्दैन। किनकि भारतीय क्रिकेट टीममा धेरै सक्षम खेलाडीहरू छन् जो आउँदै गरेको समयमा सीमित ओभर टीमको कप्तान बन्ने क्षमता राख्छन्।

आईपीएलमा पनि युवा खेलाडीहरूले राम्रो नेतृत्व गरेका छन्। यसमा हामीले तीन भारतीय खेलाडीहरूको चर्चा गरेका छौं। जो आउँदो समयमा भारत क्रिकेट टीमको कप्तान बन्न सक्छन्।

यी खेलाडी कप्तानको लागि योग्य छन्

श्रेयस अय्यर : श्रेयस अय्यर एक प्रतिभाशाली खेलाडी हो। २५ वर्षीय अय्यरले आईपीएलमा दिल्ली क्यापिटलको नेतृत्व गर्छन्। मध्यक्रममा उनको उत्कृष्ट ब्याटिङ गर्ने गर्दछन्। भारतका लागि राम्रो प्रदर्शन गर्दै पनि आइरहेका छन्।

उनले दिल्लीका लागि उत्कृष्ट कप्तानीको भूमिका निभाइरहेका छन्। हालसम्म उनले अन्तर्राष्ट्रिय क्रिकेटमा १८ एकदिवसीय र २२ टी-२० खेल खेलेका छन्। उनीसँग आउने समयमा भारतीय टीमको कप्तान बन्ने क्षमता छ।

भारतीय टीममा नियमित स्थान बनाउन सके र राम्रो प्रदर्शन गरे भविष्यमा भारतीय टीमको कप्तान बन्न सक्छन्।

केएल राहुल : अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो प्रभाव छोड्न सफल खेलाडी हुन्, केएल राहुल। उनले पनि पछिल्लो समय आफ्नो टोलीका लागि प्रदर्शन गरिरहेका छन्।

उनी आईपीएलमा किग्स इलेवन पंजाबको कप्तानको भूमिकामा छन्। तीनै फरम्याटको क्रिकेट खेल्ने २८ वर्षे राहुलसँग कप्तान बन्ने सबै गुणहरू छन्।

उनले ३२ एकदिवसीय, ४२ टी-२० र ३६ टेस्ट खेलेका छन्। उनको सीमित ओभर क्रिकेटमा त्यति अवसर छैन। राहुल ती भारतीय खेलाडी हुन्, जसले तीनै फरम्याटको क्रिकेटमा शतक बनाएका छन्। उनीसँग टीम इण्डियाका कप्तान बन्ने क्षमता छ।

हार्दिक पाण्ड्या : विश्व क्रिकेटका एक उत्कृष्ट अलराउन्डर हुन् हार्दिक पाण्ड्या। उनले अहिलेसम्म अन्तर्राष्ट्रिय क्रिकेटमा ५४ एकदिवसीय, ४० टी-२० र ११ टेस्ट खेलेका छन्।

आईपीएलमा उनको प्रदर्शन मुम्बई इन्डियन्सको लागि उत्कृष्ट छ। भविस्यमा भारतीय टीमको कप्तान बन्ने अवसर उनमा पनि छ।

किनकि उनी २६ वर्षका मात्रै भए। अझैं लामो समयसम्म क्रिकेट खेल्न सक्छन्, त्यसैले भविस्यमा पाण्ड्याको कप्तान बन्ने मौका छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker