आशिष नेहराले छाने आईपीएल २०२० को ‘बेस्ट’ प्लेइङ-११, यी खेलाडीले पाए मौका

काठमाण्डौ, मङ्सिर ३ : भारतीय क्रिकेट टिमका पुर्व फास्ट बलर आशिष नेहराले आइपिएल २०२० को ‘बेस्ट’ प्लेइङ-११ चयन गरेका छन्  | उनले यस टिममा केहि मुख्य खेलाडीलाइ स्थान दिएका छैनन् |

उनले आरसिबिका कप्तान विराट कोहली दिल्लीका ओपनर ब्याट्सम्यान शिखर धवन र फास्ट बलर कगीसो रबाडालाइ प्लेइङ-११ मा स्थान दिएका छैनन |

स्टार स्पोर्ट्सको क्रिकेट कनेक्टेड शो मा उनले आफ्नो प्लेइङ-११ चयन गरेका हुन् |

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

उनले  ओपनरको रुपमा किंग्स इलावेन पन्जाबबा कप्तान केएल राहुल र सनराइजर्स हैदराबादको कप्तान डेविड वार्नर लाइ चयन गरेका छन् |

केएल राहुलले यस सिजनको आइपीएलमा सार्वाधिक रन बनाउने रेकर्ड राखेका छन् भने त्यहि डेविड वार्नरले ५०० भन्दा बढी रन बनाएका छन् |

उनले तेस्रो स्थानमा सूर्यकुमार यादवलाइ चुनेका छन् जसले यो सिजन मुम्बईको लागि शानदार प्रदर्शन गरेका थिए |

यस कारण उनले आफ्नो बेस्ट प्लेइङ-११ मा बिराटलाइ चुनेनन | चौथो स्थानमा आरसिबिका दिग्गज खेलाडी एबी डीविलियर्सलाइ राखेका छन् |

त्यस्तै पाचौ स्थानमा  ब्याटिंगको लागि मुम्बईका इशान किशानलाइ चुनेका छन् |

एबी डीविलियर्सले यो सिजन केहि म्याच आफ्नो दममा जिताए | त्यस्तै इशान किशनले पनि केहि शानदार पारि खेलेका थिए | फिनिसरको रुपमा उनले मुम्बईका हार्दिक पांड्यालाइ चुनेका छन् |

उनले बलरको स्थानमा जोफ्रा आर्चर, जसप्रीत बुमराह, रविचंद्रन अश्विन र मोहम्मद शमी मध्य कुनै एक खेलाडीलाइ चुनेका छन् |

स्पिनरको रुपमा उनले  सनराइजर्स दिग्गज बलर राशिद खान र आरसीबीका युजवेंद्र चहललाइ चुनेका छन् |

यस्तो छ आशिष नेहराले छानेको आईपीएल २०२० को ‘बेस्ट’ प्लेइङ-११ : केएल राहुल, डेविड वॉर्नर, सूर्यकुमार यादव, एबी डीविलियर्स, ईशान किशन (विकेटकीपर), हार्दिक पांड्या, जोफ्रा आर्चर, राशिद खान, युजवेंद्र चहल, जसप्रीत बुमराह और रविचंद्रन अश्विन/मोहम्मद शमी।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker