बीबीएल : होबार्टले सन्दीपलाई कति डलरमा भित्र्यायो?

काठमाडौंः नेपाली लेगस्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट होबार्ट हरिकेन्सबाट खेल्ने भएका छन्।

होबार्टले आज विदेशी खेलाडीको कोटामा सन्दीपलाई अनुबन्धित गरेको हो। सन्दीपले लगातार तेस्रो पटक बीबीएल खेल्न लागेका हुन्। यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए।

सन्दीपले दुई सिजनमा २० इनिङ्स खेल्दा ७.२७ को इकोनमीमा २६ विकेट लिएका थिए। बीबीएलमा उनको उच्च प्रदर्शन चार ओभरमा ११ रन दिएर तीन विकेट लिनु हो।

सन्दीपले बीबीएल २०१८ मा सात इनिङ्समा ६.९७ को इकोनमीमा ११ विकेट लिएका थिए। गत सिजनमा उनले १३ म्याचमा ७.४४ को इकोनमीमा १५ विकेट हात पारेका थिए।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

होबार्टले सन्दीपलाई आवद्ध गरेको रकम भने सार्वजनिक गरेको छैन। उनका व्यवस्थापक रमन शिवाकोटीले पनि रकम खुलाउन नमिल्ने बताए।

सन्दीपलाई २०१८ मा पहिलोपटक मेलबर्नले टिममा अनुबन्ध गर्दा ६०–७० हजार डलर रकम दिएको बताइएको थियो। जसको अधिकारिक घोषणा भने गरिएको थिएन।

त्यसपछि गत सिजनको मूल्य सार्वजनिक नगरिएको भएता पनि पहिलो सिजनभन्दा मूल्य बढेको बताइएको थियो।

यो सिजन दोस्रो सिजनकै हाराहारीमा सन्दीपले रकम पाउने अनुमान गर्न सकिन्छ। क्रिकेट अष्ट्रेलियाले कुनै पनि खेलाडीको अनुबन्ध गर्दा रकम घोषणा गर्ने गरेको छैन। लिगमा सहभागिता जनाउन सन्दीप डिसेम्बर दोस्रो साता अष्ट्रेलिया प्रस्थान गर्ने जनाइएको छ।

१० औँ सिजनको बीबीएल १० डिसेम्बरदेखि सुरु हुनेछ। उद्घाटन खेलमा होबार्ट हेरिकेन्स र सिड्नी सिक्सर्स खेल्ने छन्। सिड्नी गत सिजनको विजेता टिम पनि हो।

सन्दीप आवद्ध होबार्टले हालसम्म बीबीएलको उपाधि जित्न सकेको छैन। २०१३ र २०१७ गरी २ पटक मात्र टिम फाइनल प्रवेश गर्न सफल रहेको थियो।

गत सिजन होबार्ट लिग अंक तालिकामा १४ खेलमा ६ जितपछि अंक तालिकामा चौथो स्थानमा रहँदै प्लेअफ पुगेको थियो। इलिमिनेटरमा टिम सिड्नीसँग ५७ रनले पराजित हुँदै लिगबाट बाहिरीएको थियो।

होबार्टको टिमः सक्ट बोल्यान्ड, टिम डेविड, जेक डोरन, नेथन एलिस, जेम्स फल्क्नर, पीटर ह्यान्ड्सकम्ब, बेन मक्डरमट, राइली मेरेडिथ, डेविड मुडी, मिचेल ओवेन, टिम पेन, विल परकर, डार्सी सर्ट, म्याथ्यु वेड, निक विन्टर, म्याक राइट

विदेशी खेलाडी : डेविड मालन, सन्दीप लामिछाने, कीमो पउल

वैकल्पिक विदेशी : विल ज्याक्स, कोलिन इन्ग्राम।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker