यी ३ ब्याट्सम्यान, जसले टी–२० मा १२ बलमै अर्धशतक पूरा गरे

काठमाडौंः क्रिकेटमा प्रायःजसो दर्शकहरु ब्याट्सम्यानको शट हेर्न मन पराउँछन्। ब्याट्सम्यान पनि दर्शकलाई निराश गर्न चाहँदैनन्। मैदानमा आफ्नो ब्याटबाट रन बनाउनबाट ब्याट्सम्यानहरू पनि पछाडि हट्दैनन्।
अन्तर्राष्ट्रि क्रिकेटमा कयौँ खतरनाक खेलाडी छन्। जसकोे ब्याटिङ देखेर दर्शक एकदमै खुसी हुन्थे। जब यी ब्याट्सम्यान रन बनाउथेँ तब विपक्षी टिमका बलरको दिन एकदमै खराब रहन्थ्यो। कप्तानलाई रणनीति र फिल्डिङ बेला–बेला बदल्न बाध्य बनाउँछन्।
क्रिकेटको सबै प्रारुपमा फरक–फरक ‘तुफानी ब्याट्सम्यान’ देख्न मिल्छ। बलरलाई पनि आफ्नो लाइन र लेन्तभन्दा पनि फरकै बल फ्ँयाक्न बाध्य बताउँछन्। अन्तर्राष्ट्रिय क्रिकेटमा कोही यस्ता ब्याट्म्यान भएका छन्। जसको लक्ष्य नै बलरको पिटाइ गर्ने हुन्छ।
आज हामी तीन यस्ता ब्याट्सम्यानको बोरेमा चर्चा गर्दछौं। जसले आफ्नो ब्याटिङले कयौँ कीतिमान बनाएका छन्। यी ब्याट्सम्यानले टी–२० क्रिकेटमा विस्फोटक पारि खेल्दै मात्र १२ बलमा आफ्नो अर्धशतक पूरा गरेका छन्।
३. हजरतल्लाह जजई
यो सूचीको तेस्रो स्थानमा अफगानी ब्याट्सम्यान हजरतल्लाह जजइको नाम आउँछ। हजरतल्लाहले अफगानिस्थान प्रिमियर लिगमा लगातार एक ओभरको ६ बलमा ६ छक्का प्रहार गरेका थिए।
त्यस्तै उनले मात्र १२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए। काबज्वाननबाट खेल्दै बल्ख लिजेन्ड्सविरुद्ध हजरतल्लाहले मात्र १७ बलमा ६२ को बहुमूल्य पारि खेलेका थिए। यस्तो बहुमूल्य पारि खेलेर पनि उनको टिमले हार झेलेको थियो।
२. क्रिस गेल
यो सूचीको दोस्रोे स्थानमा वेष्ट इण्डिजका विस्फोटक ब्याट्सम्यान क्रिस गेलको नाम आउँछ।
गेलले बिग बास लिगमा मेलबर्न रेनेगेड्सबाट खेल्दै एडिलेड स्ट्राइकर्सविरुद्ध मात्र १२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।
सो म्याचमा गेलले १७ बलमा ७ छक्का र २ चौकाको मद्दतमा ५६ रनको तुफानी पारी खेलेका थिए। तर, त्यो म्याच गेलको टिमले हारको थियो।
१. युवराज सिंह
यो सूचीको पहिलो स्थानमा पूर्व क्रिकेटर खेलाडी युवराज सिंहको नाम आउँछ।
युवराजले २००७ भएको टी–२० वल्र्डकपमा इंग्ल्याण्डका चर्चित बलर स्टअर्ड ब्रोडको ६ बलमा ६ छक्का प्रहार गरेका थिए। सो म्याचमा युवराजले मात्र १२ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए।
उनले त्यो म्याचमा ७ छक्काको मद्दतमा मात्र १६ बलमा ५८ रनको विस्फोटक पारि खेलेका थिए। युवराजको त्यो पारिलाई आज पनि याद गरिन्छ।