यी ३ कप्तान, जसले आईपीएलमा टिमको ‘कप्तानी’ छोड्नु पर्छ!

काठमाडौं: इण्डियन प्रिमियर लिग (आईपीएल)को १३औँ सिजन केही साताअघि मात्रै सकिएको छ। कोरोना महामारीले ढिला गरी सुरु भएको आईपीएल २०२० यूएईमा आयोजना गरिएको थियो। आईपीएलको यो सिजन एक उत्कृष्ट साबित भयो।

यस सिजनमा धेरै युवा खेलाडीहरूले आफ्नो प्रदर्शनबाट प्रभावित गरे। यसका साथै पुराना खेलाडीहरूको प्रदर्शन पनि राम्रो थियो।

‘कप्तानी’ले आईपीएलमा धेरै महत्वपूर्ण भूमिका खेल्छ। यस टुर्नामेन्टमा परिस्थितिहरू बारम्बार परिवर्तन हुने हुँदा ‘कप्तान’ हर समय सचेत रहनुपर्छ।

 

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

रोहित शर्मा र एमएस धोनी आईपीएलका सबैभन्दा सफल कप्तान हुन्। किनकि उनीहरूले धेरै पटक आईपीएल ट्राफी जितेका छन्। रोहित शर्माले पाँच पटक र एमएस धोनीले तीन पटक आईपीएल ट्राफी जितेका छन्।

आईपीएलका सबै टिममा उत्कृष्ट कप्तानहरू हुन्छन्। उनीहरूमा टोलीलाई अगाडि बढाउने पूर्ण जिम्मेवारी हुन्छ। यद्यपि त्यहाँ धेरै खेलाडीहरू छन् जो निश्चित रूपमा एक महान खेलाडी हुन्। तर, कप्तानको रूपमा सफल भइरहेका छैनन्।

यस्तो अवस्थामा उनीहरूले कप्तानी छोड्नु पर्छ र आफ्नै खेलमा मात्र ध्यान केन्द्रित गर्नुपर्नेछ। आज हामी तपाईंलाई ३ खेलाडीहरूको बारेमा जानकारी दिँदैछौँ, जसले अब आईपीएलमा ‘कप्तानी’ छोड्नु पर्छ।

विराट कोहली
विराट कोहली आईपीएलमा रोयल च्यालेन्सर्ज बैंग्लोरका कप्तान हुन्। उनी पछिल्लो ८ वर्षदेखि आरसीबीको कप्तान छन्। तर, अहिलेसम्म टिमले एक पटक पनि उपाधि जितेको छैन।

आरसीबीको टोलीसँग यस अवधिमा धेरै दिग्गज खेलाडीहरू थिए तर टोलीले च्याम्पियन बन्ने लायक प्रदर्शन गर्न सकेन।

कोहलीको कप्तानीमा आरसीबीको सर्वश्रेष्ठ प्रदर्शन २०१६ सिजनमा थियो। त्योबेला आरसीबी फाइनलमा पुगेको थियो।

लगातार ८ वर्षसम्म मौका पाएको भएपनि कोहलीले ट्रफी जित्न सकेन। त्यसैले अब उनले युवा खेलाडीलाई मौका दिनुपर्दछ।

कोहलीले कप्तानको रूपमा अर्को खेलाडी तयार गर्नुपर्नेछ। जसले टिममा लामो समयसम्म नेतृत्व गर्न सक्छ। आईपीएलमा धेरै पटक टोलीले कप्तान परिवर्तन गर्दा टिमको भाग्य पनि बदलिएको छ।

इयोन मोर्गन
इयोन मोर्गनलाई आईपीएल २०२० को आधा सिजनमा केकेआरको कप्तान नियुक्त गरिएको थियो।

दिनेश कार्तिकले केही खेलहरूमा लगातार पराजय पछि अचानक कप्तानको पद त्यागे। र, त्यसपश्चात मोर्गनलाई कप्तानको जिम्मेवारी दिइयो। त्यसपछि पनि केकेआरको भाग्यमा कुनै परिवर्तन भएन। र, धेरै खेलहरू गुमाए।

मोर्गनलाई कप्तान बनाउनु सही नभएको पूर्वक्रिकेटरहरुको भनाइ छ। तर, उी एक विदेशी खेलाडी हुन्। यदि उनको आफ्नै प्रदर्शन राम्रो छैन भने टोलीले उनलाई रिलिज गर्नसक्छ।

केकेआरले युवा खेलाडीलाई कप्तान बनाउनु उपयुक्त हुन्छ। यद्यपि पूर्व क्रिकेटर आकाश चोपडाले मोर्गनको ठाउँमा केकेआरले शुभमन गिललाई कप्तान बनाउनुपर्ने बताएका थिए।

स्टिभ स्मिथ
स्टिभ स्मिथ अष्ट्रेलियाको पूर्व कप्तान हुन्। तर, उनी आईपीएलको १३औं सिजनमा कप्तानको रूपमा फ्लप नै भए।

 

एक खेलाडीको रूपमा पनि उनको प्रदर्शन राम्रो रहेन। यस्तो अवस्थामा उनी आफ्नै प्लेइङ एघारमा पर्ने/नपर्ने अनिश्चित हुन्छ।

राजस्थान रोयल्स फ्रान्चाइजीले कुनै युवा तथा अनुभवी खेलाडीलाई कप्तान बनाउनुपर्छ। र, स्मिथले कप्तान छोड्नु नै उपयुक्त हुन्छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker