रोहित अष्ट्रेलियामा सर्वाधिक रन बनाउने खेलाडी, यस्तो छ विराटको स्थान

काठमाडौंः भारत र अष्ट्रेलियाबीचको एकदिवसीय क्रिकेट नोभेम्बर २७ देखि सुरु हुँदैछ। अष्ट्रेलियासँग टिम इण्डियाले पहिलो तीन खेलको एकदिवसीय सिरिज खेल्दैछ।
त्यसपछि तीन खेल टी–२० सिरिज र चार खेलको टेस्ट सिरिज खेल्ने तालिका रहेको छ। रोहित शर्मा यसपटक एकदिवसीय सिरिज खेल्ने छैनन्। चोटका कारण उनलाई ओडीआई टोलीमा समावेश गरिएको छैन। रोहित टिममा नहुँदा विराट कोहलीको जिम्मेवारी बढ्नेछ।
अष्ट्रेलियाविरुद्धको एकदिवसीय क्रिकेटमा रोहितको रेकर्ड एकदम राम्रो छ। यो भ्रमणमा टिम इण्डियाले पक्कै पनि उनलाई मिस गर्नेछ।
अष्ट्रेलियाको भूमिमा एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने भारतीय खेलाडीमा शर्मा सबैभन्दा अगाडि छन्।
रोहितले अष्ट्रेलियामा आफ्नो एकदिवसीय क्रिकेट करियरमा ९९० रन बनाएका छन्। यो सूचीमा सचिन तेन्दुलकर दोस्रो स्थानमा छन्। उनले अष्ट्रेलियामा ७४० रन बनाएका छन्।
एमएस धोनी ६८४ रनका साथ तेस्रो स्थानमा छन्। भारतीय कप्तान विराट कोहली चौथो नम्बरमा छन्। उनले ६२९ रन बनाएका छन्।
अष्ट्रेलियामा सर्वाधिक रन बनाउने चार भारतीय ब्याट्सम्यान
रोहित शर्मा– ९९०
सचिन तेन्दुलकर– ७४०
एमएस धोनी– ६८४
विराट कोहली– ६२९
एकदिवसीय क्रिकेटमा सचिन तेन्दुलकरले सर्वाधिक रन बनाएका छन्। अष्ट्रेलियाविरुद्ध ७१ खेलमा उनले ३ हजार ७७ रन बनाएका छन्।
यो सूचीमा रोहित शर्मा दोस्रो स्थानमा छन्। रोहितले यस टिमविरुद्ध ४० एकदिवसीय खेलमा २ हजार २०८ रन बनाएका छन्।
कोहली तेस्रो नम्बरमा छन्। उनले अष्ट्रेलिया विरुद्ध ४० एकदिवसीय खेलमा १ हजार ९१० रन बनाएका छन्।