जसप्रीत बुमराह यी साउथ इण्डियन हिरोइनको प्रेममा

काठमाडौं, ७ मंसिर : जसप्रीत बुमराह वर्तमान भारतीय क्रिकेट टिमका महत्वपूर्ण बलर हुन् । तीनै स्टार बलर बुमराह पछिल्लो समय एक दक्षिण भारतीय हिरोइनको प्रेममा परेको खबर सार्वजनिक भएको छ ।

बुमराह दक्षिण भारतीय हिरोइन राशि खन्नाको प्रेममा परेको खबर भारतीय सञ्चारमाध्यमले लेखेका छन् । राशि दक्षिण भारतीय फिल्मकी स्टार अभिनेत्री हुन् । उनले धेरैजसो तेलुगु फिल्ममा काम गरेकी छन् ।

राशीले तेलुगुका सुपरहिट फिल्म जिल, हाइपर, बंगाल टाइगर, शिवम, सन अफ सत्यमूर्ति २ लगायतमा काम गरेकी छिन् । राशी क्रिकेट निकै मन पराउँछिन् र भारतीय टिमको कुनै पनि खेल हेर्न भुल्दिनन् किनकि उनलाई जसप्रित बुमराहको खेल निकै मन पर्छ ।

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

आफू बुमराहप्रति क्रेजी भएको राशी स्वयंले एक अन्तरवार्तामा बताएकी थिइन् । बुमराहले पनि सामाजिक सञ्जालमा राशीलाई तारिफ गर्ने गरेका छन् । भारतीय मिडियाका अनुसार अहिले यो जोडी एकअर्काको प्रेममा छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker