टी-२०, वानडे र टेष्ट डेब्यूमै सर्वाधिक रन बनाउने ३ खेलाडी

काठमाडौं: सबैको क्रिकेट डेब्यू सु:खत हुन सक्दैन । पहिलो अन्तर्राष्ट्रिय म्याच खेल्दा उत्साह र दबाब हुन्छ । पहिलो म्याच खेल्दा खेलाडीलाई उत्साहभन्दा बढी दबाब हुन्छ होला ।

दबाबकाबीच पनि कयौँ क्रिकेटरले उत्कृष्ट डेब्यू गर्न सफल भएका छन् । यसैबीच, आज टी-२०, वानडे र टेष्टमा डेब्यूमै धेरै रन बनाउने तीन भारतीय खेलाडीको बारेमा चर्चा गर्दैछौँ :

१. शिखर धवन (टेष्ट) : भारतीय टिमका ओपनर शिखर धवनले सन् २०१० मा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए । उनले आफ्नो पहिलो टेष्ट म्याच सन् २०१३ मा अष्ट्रेलियाविरुद्ध खेलेका थिए ।

 

क्रिकेट सम्बन्धि सम्पूर्ण जानकारीको लागि पेज लाइक गर्नुहोला !

टेष्ट डेब्यूमै शिखरले सर्वाधिक छिटो अर्धशतक बनाएका थिए । टेष्ट डेब्यूमा उनले १७४ बलमा १८७ रन बनाएका थिए ।

शिखरले भारतका लागि हालसम्म ३४ टेष्ट म्याचमा ४०.६ को औसतमा २ हजार ३ सय १५ रन बनाएका छन् । उनी भारतको तर्फबाट टेष्ट डेब्यू म्याचमै सर्वाधिक रन (१८७) बनाउने पहिलो क्रिकेटर हुन् ।

अहिलेसम्म पनि भारतको उनको यो कीर्तिमान कसैले तोड्न सकेका छैनन् ।

२. केएल राहुल (वानडे) : भारतका लागि केएल राहुल तीनै क्रिकेट प्रारुपमा लगातार रन बनाउँदै आएका छन् ।

उनले २०१६ मा जिम्बाब्वेविरुद्ध एकविदसीय क्रिकेटमा डेब्यू गरेका थिए । राहुलले वानडे डेब्यूमै जिम्बाब्वेविरुद्ध शतक बनाएका थिए ।

राहुलले आफ्नो डेब्यू वानडेमा ११५ बलमा अविजित १०० रन बनाएका थिए । केएल भारतको तर्फबाट वानडे डेब्यूमा सर्वाधिक रन बनाउने पहिलो क्रिकेटर हुन् । हालसम्म पनि उनको यो उपलब्धि सुरक्षित छ ।

३. आजिंक्य रहाणे (टी-२०) : टेष्ट टीमका उपकप्तान आजिंक्य रहाणेले भारतका लागि टी-२० मा २०११ मा डेब्यू गरेका थिए । इंग्ल्याण्डसँगको भएको उक्त खेलमा उनले ४९ बलमा ६१ रन बनाएका थिए ।

टी-२० मा रहाणे भारतका लागि डेब्यू म्याचमै सर्वाधिक रन बनाएने पहिलो खेलाडी हुन् । उनले भारतका लागि २० टी-२० म्याच खेल्न पाएका छन् ।

रहाणेले अन्तिमपटक २०१६ मा अन्तर्राष्ट्रिय टी-२० म्याच खेलेका थिए । अहिले उनी टेष्ट क्रिकेटमा व्यस्त छन् । टेष्टमा उनले ६३ म्याचको १०५ इनिङ्समा ११ शतक र २२ अर्धशतकका साथ ४ हजार १ सय १२ रन बनाएका छन् ।

एकदिवसीय क्रिकेटमा रहाणेले ९० म्याचको ८७ इनिङ्समा २ हजार ९ सय ६२ रनको योगदान दिएका छन् । जसमा रहाणेको ३ शतक र २४ अर्धशतक सामेल छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker